fbpx

परम्परागत सैन्य सन्धी भएका मुलुक बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैनः परराष्ट्रमन्त्री

author

समाचारपाटी

१ year अगाडि

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभएको छ ।

शुक्रवार बसेको संसदीय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुस युद्धमा मारिएका नेपालीहरुको शव स्वदेश फर्काउन र सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि पहल भइरहेको बताउनु भयो । उहाँले कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भइरहेको पनि बताउनु भयो । उहाँले रुस जाने र सेनामा भर्ती हुने अधिकांशहरु विद्यार्थी भिसा, भिजिट भिसा र केही कामदार भिसामा गएको पाइएको बताउनु भयो । उहाँले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘रुसमा नेपालीहरु भर्ना भएको सन्दर्भमा पनि केही साथीहरुले जिज्ञासा राख्नुभएको छ । रुसमा केही नेपालीहरु हताहत भएको बारेमा यो रुस सरकारले हाम्रो राजदुतावाससँग कन्भर्सेसन गरेको छ । कन्भर्सेसनपछि हामीले वक्तव्य नै निकालेर वक्तव्य दिइसकेका छौँ । हामीले केही परम्परागत सैन्य सन्धी भएका मुलुकहरु भन्दा बाहेक नेपाली नागरिकलाई अरु देशको सेनामा भर्ना गर्ने सरकारको नीति छैन । जुन दिवंगत युद्धमा मारिएका व्यक्तिहरु छन्, उनीहरुलाई नेपाल फिर्ता गर्नको लागि पाउने सुविधा, सम्बन्धित परिवारमा उपलब्ध गराउनका लागि पनि लेखि पठाइसकिएको छ । नेपालीहरु जुन सेनामा भर्ना भएका छन्, कति संख्यामा छन्, भर्ना भएका नेपालीलाई नेपाल फर्काउन आग्रह गरिसकेका छौँ । कुनैपनि मानिस सेनाबाट छुट्टिएर बाहिर आएका खण्डमा पनि फिर्ता गराउने काम भएरहेको छ । यसो डिटेल हेर्दा विद्यार्थी भिसामा, केही मानिसहरु भिजिट भिसामा र केही कामदार भिसामा गएको पाइएकाले जुन प्रयोजनले गएका हुन्, त्यो प्रयोजन बाहेक काम गरेको देखिएको हुनाले सरकारको तर्फबाट कन्सुलर डिपार्टमेण्टले दिने गरेर एनओसी लिनुपर्ने प्रवन्ध मिलाइएको छ ।’मन्त्री साउदले रुसी सेनामा भर्ना भएकाहरुलाई फर्काउन रुस सरकारका अधिकारीहरुसँग कुराकानी गरेको बताउनु भयो ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...