रुसी सेनामा भर्ती भएका व्यक्तिका परिवारले भेटे परराष्ट्रमन्त्री

author

समाचारपाटी

१ year अगाडि

रुसी सेनामा भर्ती भएका व्यक्तिहरुको परिवारले परराष्ट्रमन्त्री डा. नारायणप्रकाश साउदलाई भेटेको छन् । मंगलवार परराष्ट्र मन्त्रालयम सिंहदरबारमा रुसी सेनामा भर्ती भएका व्यक्तिहरुको परिवारले भेट गरेका हुन् । सेनामा भर्ती भएर जीवित रहेका, बेपत्ता भएका, बन्धक बनाइएका र मृत्यु भएका परिवारका सदस्यहरुले परराष्ट्रमन्त्रीलाई आफन्त फिर्ता ल्याइदिन आग्रह गरेका छन् । पीडित परिवारसँगको भेटमा मन्त्री साउदले परिवारका सदस्यलाई भर्ती गराउने एजेन्ट तथा म्यानपावरको विवरण उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । अहिलेसम्म करिव २४४ जनाको परिवारको सदस्यले आफ्ना व्यक्तिहरु नेपाल फर्काइ पाउँ भनेर निवेदन दिएको जानकारी दिनुभयो । 

परराष्ट्रमन्त्रीसँगको भेटवार्तामा पुग्नुभएका गोरखाकी कविता कुमालले सरकारले दिएको आश्वासन छिट्टै पूरा गर्न अनुरोध गर्नुभयो । यस्तै अर्का आफन्त श्रेया श्रेष्ठले श्रीमान रुसी सेनामा भर्ती भइसकेपछि भागेर आउन खोज्दा रुसी सेनाले पक्रेर पहिलाकै ठाउँमा राखेको बताउनु भयो । रुसी सेनामा भर्ती भएका व्यक्तिहरुका परिवारले सरकारले छिटो भन्दा छिटो आफन्तहरुलाई नेपाल फिर्ता ल्याउन आग्रह गरेका छन् । 

रुसी सेनामा भर्ती भएकाको यकिन संख्या सरकारले आजसम्म पनि दिएको छैन । सरकारले यकिन संख्या उपलब्ध गराउन नसक्दा सरकारकै आलोचना भइरहेको छ । साथै सरकारले रुस सरकारसँग कुटनीतिक पहल गर्न नसकेको आरोप सरकारमाथि लाग्ने गरेको छ । सरकारले रुसी सेनामा भर्ती नहुन आग्रह गरेको भएपनि विभिन्न ठगीमा परि नेपालीहरु रुसी सेनामा भर्ती भएका छन् । उनीहरुलाई स्वदेश फर्काउन रुस सरकारसँग सरकारले पहल गरेको भएपनि सफल हुन सकेको छैन । विगत दुई वर्षदेखि रुस—युक्रेन युद्ध जारी छ ।

— न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन