काठमाडौं I परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन जाने तयारीमा छिन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि मंसिर १३ गते बेइजिङ प्रस्थान गर्ने बताइएको छ। सोमबार आयोजित छलफलका क्रममा राणा देउवाले जानकारी दिइन् कि उनी दुई दिनपछि चीन जान लागेकी हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार, राणा देउवाले मंसिर १४ गते चीनका समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस भ्रमणमार्फत नेपाल र चीनको आपसी समन्वय र सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको लागि परराष्ट्र मन्त्रालयले तयारी पुरा गरेको छ। प्रस्तावित तालिका अनुसार, प्रधानमन्त्री ओली मंसिर १७ गते चीन जानेछन्। यस भ्रमणको तालिका अनुमोदन गर्न आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ।