fbpx

वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको व्यवसाय बिरोधी सम्झौता खारेज गर्न माग

author

समाचारपाटी

९ महिना अगाडि

वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको व्यवसाय विरोधी सम्झौता खारेज गर्न व्यवसायीहरुले माग गरेका छन् । 


सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारसँग यस्तो माग गरेका हुन् । उनीहरुले व्यवसायीहरुलाई सिण्डिकेट गर्नेगरी विचौलियालाई फाइदा हुनेगरी वैदेशिक रोजगार बोर्ड र मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ बीच भएको सम्झौता खारेज गर्नुपर्ने माग गरे । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष राजेन्द्र भण्डारीले मलेसियाको प्राइभेट कम्पनी ‘ईफडब्लूडब्लूएमसी’ भएको सम्झौता अव्यवहारिक र गम्भिर विषय भएकाले खारेज गर्न माग गर्नुभयो ।

उहाँले वैदेशिक रोजगार सम्बन्धि व्यवसाय नै मास्ने गरी सम्झौता भएको बताउनु भयो । उहाँले तत्काल यसरी भएको सम्झौता खारेज नगरे वैदेशिक रोजगार व्यवसाय बन्द गर्न बाध्य हुने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा जानका लागि अनिवार्य गरिएको बायोमेट्रीक कुटनैतिक पहल गरी हटाउन माग गर्नुभयो । उहाँले साउदी अरब दुतावास काठमाडौँले कामदारलाई समय र पैसा दुवैको भार पार्नेगरी अनिवार्य गरेको बायोमेट्रीक कुटनैतिक पहल गरी हटाउनु पर्ने बताउनु भयो । उहाँले निःशुल्क तालिमका नाममा बनाईएको कार्यबिधिको अनावश्यक मापदण्ड हटाउनुपर्ने पनि माग संघले राखेको बताउनु भयो। अध्यक्ष भण्डारीले पछिल्लो समय काठमाडौंस्थित साउदी अरब दुतावासले बायोमेट्रीकलाई अनिवार्य गरी कामदारलाई समय र पैसा दुवैको भार पर्ने भन्दै असन्तुष्टि जनाउनु भयो ।

संघले अभिमुखीकरण तालिमको नयाँ मापदण्डअनुसार तय गरिएको कार्यविधिमा राहदानी अगाडी र एल टी नो अगाडी नै तालिमको व्यवस्था मिलाउनुपर्ने माग राखेको छ । त्यस्तै मानव तस्करी र विचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृत बन्द गरी संलग्न माथि छानबिन गरी कारवाही गर्न माग गरको छ । वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापान, इजरायल (केयर गिभर बाहेक) कोरियाको इसेभेन भिषामा कामदार पठाउन व्यवसायीमार्फत व्यवस्था गर्नुपर्ने माग रहेको छ । वैदेशिक रोजगार ऐन, २०६४ लाई समय सापेक्ष परिमार्जन गर्न पनि सुझाव दिएको छ । 


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन