नेपाल विद्यार्थी संघ फेदीखोला गाउँपालिकाद्वारा आयोजित स्वर्गीय रिमा स्मृति दोस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधि राम लक्ष्मण युथ क्लबले हात पारेको छ ।
फेदीखोला रंगशालामा भएको प्रतियोगितामा निर्धारित समयमा दुवै टोलीले १ – १ गोल गरेपछी भएको पेनाल्टी शूट आउटमा आयोजक नेविसंघ 'सि'लाई ७ – ६ गोलको अन्तरले हराउँदै राम लक्ष्मण युथ क्लबले उपाधिसहित पचाँस हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।

उपविजेता आयोजक नेविसंघ 'सि'ले पच्चीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गरेको हो । विजेता तथा उपविजेता खेलाडीलाई नेपाली काङ्ग्रेस फेदीखोला गाउँपालिकाका सभापति महेन्द्र थापाले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतीत्व नेवी संघ फेदीखोलाका सभापति संदेश जि सी ले गरेका थिए, भने कार्यक्रम संचालन निबर्तमान नेवी संघ सभापति महेश बाबू खडकाले गर्नु भएको थियो। खेल अवधिभर खेल सयोजक उत्तम गुरुङ, मुकेश गुरुङ, सैलेश थापा लगायत सम्पुर्ण ने वि संघका साथिहरु तथा स्वयंसेवक साथिहरु खेल सफल बनाउन खट्नुभएको थियो ।
समाचारका लागि धन्यवाद samcharpati.com