फुटबल लिजेन्ड रोबर्टो कार्लोस बैसाख ६ गतेको एनएसएल क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) ले फुटबलका महान हस्तीहरूमध्ये एक रोबर्टो कार्लोसलाई बैसाख ६ मा स्वागत गर्ने निश्चित भएको छ। प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस उपस्थित हुने भएपछि नेपाली खेलप्रेमीहरूमा उत्साह थपिएको छ। लिगका दुई लोकप्रिय र बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने यो भिडन्त केवल एक खेल मात्र नभई गत वर्षको फाइनलको पुनरावृत्ति पनि रहनेछ। दुई पटक फाइनलमा पुगेको धनगढी एफसी अझै आफ्नो पहिलो एनएसएल उपाधिको खोजीमा छ, जबकि ललितपुर सिटी एफसी आफ्नो उपाधि रक्षा गर्ने तयारीका साथ डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा प्रवेश गर्नेछ।

फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन्। रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरहरू मध्ये एक हुन्। फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौं फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन्। कार्लोस क्वालिफायर खेलको एक दिन अघि बैसाख ५ गते नेपाल आइपुग्ने छन्। सोही दिन उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। उनको उपस्थितिबाट एनएसएल मञ्चमा जोश र उत्साह छाउने अपेक्षा गरिएको छ।

रोबर्टो कार्लोसको नेपाल भ्रमण नेपाली फुटबलका लागि गर्विलो क्षण हो। एनएसएलमा उनको उपस्थितिले विश्व फुटबलको नक्सामा हाम्रो लिगको पहिचान अझै उजागर हुनेछ। एनसेल एनएसएलमा कार्लोसको उपस्थिति लिगको लागि एक ठूलो उपलब्धि र देशको लागि पनि गर्वको क्षण हो।

नेपालको प्रमुख फ्रेन्चाइज-आधारित फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) ले देशभरका शीर्ष प्रतिभाहरूलाई एकै ठाउँमा ल्याइरहेको छ। रोमाञ्चक खेलहरू, उत्साही फ्यानहरू र अब रोबर्टो कार्लोसको उपस्थिति सँगै यो सिजन अहिलेसम्मकै सबैभन्दा ठूलो साबित हुँदैछ। खेलका टिकटहरू खरिदका लागि खल्ती एपमा उपलब्ध हुनेछन्। प्रशंसकहरूले फोनबाट सजिलै आफ्नो टिकट बुक गर्न सक्नेछन्।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.९७°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान