काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा आजदेखि सभापति कप फुटबल प्रतियोगिता शुरू हुँदैछ ।
प्रतियोगितामा चर्च ब्वाइज, मछिन्द्र क्लब, सङ्कटा क्लब, एनआरटी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र आयोजक नेपाल लोकतान्त्रिक खेलकुद सङ्घको बाग्मती युथ क्लबले खेल्नेछन् ।
आज हुने उद्घाटन खेलमा चर्च ब्वाइज र सङ्कटा क्लबले खेल्दैछन् । खेल दिउँसो तीन बजे शुरू हुनेछ । नकआउट चरणमा हुने प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आउँदो १७ गतेसम्म चल्नेछ ।