fbpx

चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

चैत २४ गते देखि रिलिज हुने फिल्म बहावको दोस्रो गीत सार्वजनिक भएको छ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपाल स्टारर फिल्म ‘बहाव’को टाइटल गीत ‘बहाव यी मनका’ सोमबार सार्वजनिक गरिएको हो । गीतमा युवराज चौलागाईंको स्वर, प्रमोद कँडेलको शब्द, वसन्त सापकोटाको संगीत र बिषय आचार्यको एरेन्ज रहेको छ ।

बहाव यी मनका गीत फिल्मका प्रमुख पात्रहरू कथाको भावनालाई प्रस्तुत गरिएको छ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । यस गीत मार्फत फिल्मकी मुख्य पात्र सन्ध्या रेग्मीको मनको बहाव ब्यक्त्त गरिएको छ । बहाव घर घरको कथा हो । एउटा परिवारको मनोविज्ञानलाई सुरक्षा र कमलमणिबिचको अन्तरद्वन्द्वपछि आउने परिस्थितिलाई देखाउने प्रयास गरिएको छ ।

यस गीतकाबारेमा संगीतकार सापकोटाले भने, यो एउटा अप्रत्याशित तवरले बनाइएको गीत हो । यो गीत दर्शक श्रोताकालागि माया भावसंगैको बहावसँग वियोगान्तसम्म पुर्याउछ भन्ने लागेको बताउनुभयाे ।

यस्तै, गायक चौलागाईं भन्नुहुन्छ, ‘मानिसहरूको अन्तर मन भित्रको वेदनाहरू र जिन्दगीसँग निसासीको एउटा व्यक्तिको मन भित्रको बहावलाई यो गीत मार्फत व्यक्त गर्ने खोजिएको गीत हो । मैले गीत गाउँदा शब्दको भाव मै डुबेर गाएको थिए । मलाई आशा छ दर्शक श्रोताहरूले पनि यो गीत मन पराउनु हुन्छ ।’

स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको फिल्मको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’ मा आधारित छ ।

यस फिल्मका निर्माता श्रीधर पौडेल हुनुहुन्छ । उहाँले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गर्नुभएकाे थियाे । पौडेलले आफ्नो स्वतन्त्रता आफैँमा कैद गर्नेहरूका लागि मार्ग प्रशस्त गर्ने कथा ‘बहाव’मा रहेको बताउनुभएकाे छ ।

फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ । सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत रहेको फिल्ममा सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दै छ ।

https://www.youtube.com/watch?v=Eu5vPGYBCAw


काठमाडौं

आइतवार, जेष्ठ १३, २०८१

२२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...