कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । कमलमणि अभिनित फिल्म ‘बहाव’ आगामी चैत २४ गतेबाट रिलिज हुँदैछ । फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ ।

फिल्ममा उहाँले अभिनेत्री सुरक्षा पन्तका पिता केदार रेग्मीको भूमिकामा अभिनय गर्नुभएकाे छ । कमलमणिका अनुसार उहाँले फिल्ममा समाजमा आम मानिसले देखेको चरित्र निर्वाह गर्नुभएकाे छ । ‘मेरो चरित्र हरेक परिवार र छरछिमेकमा छ । फिल्ममा पुरानो सोचलाई अगाडि बढाउने र आफ्नो विचारबाहेक अरुको विचार सुन्न नचाहने चरित्र निभाएको छु’, उहाँ भन्नुहुन्छ ।

उहाँको बुझाईमा ‘बहाव’ समाजको यथार्थ कथा हो, जहाँ सबैका आ–आफ्ना विचार र आ–आफ्नो स्वतन्त्रा हुन्छ । ‘केही मान्छे आफ्नो विचार र उद्देश्यका लागि स्वतन्त्र हुन खोज्छन् । तर समाजको परम्परागत मूल्य अनुसार चल्न खोज्ने मानिस पनि उत्तिकै छन्’, कमलमणि भन्नुहुन्छ, ‘बहावले स्वतन्त्र भएर हिँड्न खोज्ने विचार भएका मान्छेलाई कसरी परम्परागत शैलीमा लैजानुपर्छ भन्ने कुरा उठान गरेको छ । फिल्मले परिवार, छरछिमेक र देशमा अन्तरजातीय विवाहलाई मान्छेले हेर्ने दृष्टिकोण के हो भन्ने कुरालाई नयाँ शैलीमा देखाउने कोशिस गरेको छ ।’

कमलमणिका अनुसार फिल्मले विचारको लडाइँ लड्ने र विचारलाई दबाउने गरी दुई पाटोलाई प्रस्तुत गरेको छ । उहाँले दुई पाटोबीच कसरी अन्तरद्वन्द्व चल्छ भन्ने दर्शकलाइ फिल्ममा देखाइने बताउनुभयाे ।

कमलमणि निर्देशक प्रमोदको कामबाट प्रभावित रहनुभएकाे छ । ‘उहाँले मेथड एक्टिङको प्रयोग गर्नुभएको छ । मैले नेपाली फिल्म उद्योगमा यतिका वर्ष काम गर्दा पनि मैले उहाँको शैलीमा काम गरेको थिइनँ’ कमलमणि भन्नुहुन्छ, ‘चितवनमा वर्कसप गर्दा निर्देशकले हामीलाई खुला छोडिदिनुभएको थियाे । स्क्रिप्टमा जे छ त्यो हुनुपर्छ भन्ने थिएन । आफैंले विश्लेषण गरेर थिम बनाउन सकिन्छ भन्ने निर्देशकको बुझाई थियो ।’

कमलमणिका अनुसार वर्कसपमा उठान भएका राम्रा कुरालाई कलाकारको टिमले सूचीकृत गरेका थिए । उनीहरुले वर्कसपमा जुन दृश्यको तयारी गरेका थिए, सुटिङमा त्यही दृश्यलाई त्यसरी नै प्रस्तुत गरे । ‘हामीले दृश्यमा इम्प्रोभाइज गरेनौं । निर्देशकले जे चाहेको हो, त्यो लिनुहुन्थ्यो । दृश्य लिने मामलामा उहाँ अलिक कडा हुनुहुन्थ्यो’, कमलमणि सम्झनुहुन्छ ।

कमलमणिका लागि ‘बहाव’मा काम गर्दाका दुई दृश्य जिन्दगीभरका लागि स्मरणीय बनेको रहेछ । ‘फिल्ममा सुरक्षा र उसको भाईको एउटा दृश्य छ । भाईलाई सुरक्षाले आफ्ना कुरा सुनाएपछि भाईले आएर मलाई त्यो कुरा भन्छ । त्यो अवस्थामा म आक्रोशित हुनुपर्छ’, कमलमणि भन्नुहुन्छ, ‘तर त्यो आक्रोश ममाथि अनायासै आउँछ । किनकी मैले जे कुरा गर्न चाहेको हुन्छु, त्यो भन्दा म फरक रुपमा प्रस्तुत हुन्छु । त्यो कसरी ममा आयो भन्ने कुरा आफैं छक्क परें ।’

अर्को दृश्यले भने कमलमणिसँगै फिल्ममा क्यामरा पछाडि काम गर्ने प्राविधिकलाई पनि रुवाएको रहेछ । ‘त्यो दृश्यमा म छोरीलाई कति माया गर्छु भन्ने देखाइएको छ । मैले छोरीलाई जति माया गरे पनि उसले मेरो मायालाई नबुझेको र मेरो निर्णयलाई नसुनेको दृश्य छ’, उहाँ भन्नुहुन्छ, ‘त्यो यति भावुक दृश्य छ कि अहिले सम्झँदा पनि आङ सिरिङ्ग हुन्छ । मैले त्यो दृश्यमा अभिनय गरिरहँदा फिल्मका अन्य सदस्यहरु क्यामरा पछाडि बसेर रोइरहनुभएको थियो । त्यो क्षण सम्झँदा म अहिले पनि भावुक हुन्छु ।’

‘जिज्ञासा, विचार र यथार्थ’ विषयवस्तु बोकेको फिल्म स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको व्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता श्रीधर पौडेल हुनुहुन्छ । उहाँले यसअघि नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गर्नुभएकाे थियाे । फिल्ममा सुरक्षा र कमलमणिसँगै अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्रीलाई विज्ञको सुझाव, भारत भ्रमणमा मेन्यु लिएर नजानुस्

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य हुन्न :...

पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर बजेट आउँने...

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा पनि पर्‍यो...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

319

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार

राजनीतिक समाजीकरण, अपराधिकरण र देशद्रोह

केहि देशद्रोहीहरुको मुखुण्डो उत्रिएको अवस्था र अनुसन्धान प्रक्रिया चलिरहेको भए पनि मुद्दालाई कमजोर पारिन्छ कि भन्ने आम आशंका उत्पन्न भएको...

विचार

अल्पविकसित देशहरुमा सार्वजनिक प्रशासनको भूमिका र नेपालको सन्दर्भ

सार्वजनिक प्रशासनले लक्षित व्यक्तिहरूको हितको लागि असल र प्रभावकारी नीति निर्माणका लागि राजनीतिक नेतृत्वलाई आवस्यक मद्दत गर्दछ। समाजको सामाजिक र...

विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस नेपाल-२०२३ को उपाधि जितीन श्रीच्छा प्रधानले

चलचित्र टुल्की शुक्रवारबाट प्रदर्शनमा

जेठबाट रिलिज हुने फिल्म ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत...

नेपाल अफ्रिका फिल्म फेस्टिबल असार १ बाट सुरू हुने

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

आइतवार, जेष्ठ १४, २०८०

२२.७२°

-
Clouds