काठमाडौं । भिजिबिलिटी बढ्न थालेसँगै सामान्य रुपमा उडान अवतरण हुन थालेको छ ।
बिहान भिजिबिलिटी १५ सय मिटरमा हुँदा काठमाडौंको त्रिभुवन विमानस्थलबाट हुने उडान अवतरण प्रभावित भएको थियो । अहिले भने सामान्य रुपमा उडान अवतरण भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा मौसम धुम्म भइरहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण वायुमण्डलमा जलवाष्पयुक्त हावा थुप्रिएको र जमिनका धुवाँधुलो उडेर वायुमण्डलमा रहेको पानीमै मिसिँदा मौसम धुम्म भइरहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । यसपालि पश्चिमी निम्न चापीय प्रणाली पानी पार्ने गरी सक्रिय नहुँदा हिउँदमा खासै पानी पर्न सकेन । पानी नपर्दा प्रदूषण बढेको छ ।