‘फिस्टेल एसइई कप’ फिस्टेल र भद्रकाली च्याम्पियन

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा १७ तल्लो बिरौटास्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ मा ३र३ छात्रा बास्केटबलतर्फ फिस्टेल एकेडेमी र सेभेन ए साइड फुटबलतर्फ भद्रकाली मावि च्याम्पियन बनेका छन् । बुधवार सम्पन्न बास्केटबलको फाइनल खेलमा फिस्टेल एकेडेमीले कुमुदिनी होम्सलाई पराजित गरी च्याम्पियन बनेको हो भने फुटबलतर्फ शान्तिनिकुञ्जलाई २–१ गोलले पराजित गर्दै भद्रकाली मावि च्याम्पियन बन्यो ।

यस अगाडि सेमिफाइनलको पहिलो खेलमा शान्तिनिकुञ्जले कालिका माविलाई २–१ ले पराजित गरी फाइनलको यात्रा तय गरेको थियो भने भद्रकालीले मदरल्यान्ड माविलाई ७–० ले पराजित गरेको थियो । बास्केटबलतर्फको सेमिफाइनलमा फिस्टेल एकेडेमीले हिलप्वाइन्टलाई र कुमुदिनीले बालकल्याणलाई पराजित गर्दै फाइनलको यात्रा गरेका थिए ।

एसइई २०८० मा सहभागी भएका विद्यार्थीहरूबिच भएको फुटबल तथा बास्केटबल खेलका विजेता र उपविजेतालाई प्रमुख अतिथि वडा नं. १७ का वडाध्यक्ष राधिका कुमारी शाही,विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाट, घारीकुलो टोल विकास समितिका अध्यक्ष गोविन्द गिरी र तल्लो बिरौटा टोल विकास समितिका अध्यक्ष फर्सबहादुर कुँवरले संयुक्त रूपमा नगद, प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरे ।

फुटबलतर्फ विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार तथा बास्केटबलतर्फ क्रमशः१० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपाका कारण संसदको लोगो लगाएर हिँड्न लाज लाग्ने अवस्था...

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन