fbpx

‘फिस्टेल स्पोर्टस् फेस्ट’ का उद्घाटन पूर्वका खेलबाट ६ विद्यालय छनोट

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ तल्लो बिरौटामा अवस्थित फिस्टेल एकेडेमीमाध्यमिक विद्यालयले आयोजना गरेको ‘फिस्टेल स्पोर्टस् फेस्ट’ अन्तर्गत उद्घाटनपूर्वका खेलहरूबाट ६ विद्यालय अर्को चरणका लागि छनोट भएका छन् । सहभागी विद्यालय धेरै रहेकाले उद्घाटनपूर्व नै दुई दिन प्रथम चरणका खेलहरू सञ्चालन हुने कुरा विद्यालयले जानकारी गराएको छ ।

विद्यालय स्थापनाको २९ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयले यहीपुस पाँचदेखि सात गतेसम्म विभिन्न विद्यालयहरूलाई समेटेर खेलकुद कार्यक्रम सञ्चालन गरिरहेको छ । मङ्गलबार भएका खेलहरूमा अक्सफोर्ड र शान्तिनिकुञ्ज स्कुलबिच भएको खेलमा टाई ब्रेकरमा ३÷२ गोलसहित शान्तिनिकुञ्ज स्कुलले जित हासिल गरेको छ । यसैगरी दोस्रो खेलमा बालकल्याण र युनिभर्स स्कुलबिच भएको खेलमा २÷० गोलसहित बालकल्याण स्कुल अगाडि बढ्दा विन्ध्येश्वरीलाई शुन्यका विरुद्ध चार गोल गरी कालिकाले आफ्नो यात्रा सुरक्षित राखेको छ ।

शिशुकल्याण र बालोदयबिच भएको खेलमा बराबरी ४÷४ गोल भएपछि टाई ब्रेकरबाट ३÷२ गोलसहित शिशुकल्याणले स्थान सुरक्षित गर्यो । यसैगरी१४ वर्षमुनिको लन टेनिसतर्फ भएका पहिलो चरणका खेलमा गण्डकीबोर्डिङ स्कुलका प्रफुल श्रेष्ठले फिस्टेल एकेडेमीका प्रसिद्ध पराजुलीलाई ६–०, ६–१ को सोझो सेटले पराजित गरी आफ्नो यात्रा सुरक्षित राखे । यस्तै १२ वर्षमुनिको दोस्रो खेलमा फिस्टेल एकेडेमीका सुवान के.सीले फिस्टेल एकेडेमीकै जेनिश ढकाललाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरे । यसैगरी १६ वर्षमुनिको तेस्रो खेलमा फिस्टेल एकेडेमीका सृजन भट्टराईले गण्डकी बोर्डिङ स्कुलका प्रफुल श्रेष्ठलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे ।

हेम्जा बोर्डिङ स्कुल र पोखरा स्पाइरलबिचको खेलमा हेमजा बोर्डिङ स्कुलले उपस्थिति नजनाएपछि पोखरा स्पाइरल अगाडि बढेको छ भने भद्रकालीर छोरेपाटन स्कुलको खेलमा पनि भद्रकाली स्कुल सहभागी नभएपछि छोरेपाटन मावि स्वतः अर्को चरणमा छनोट भएको छ । बुधबार पनि फुटबलका छ खेलहरू, बास्केटबल छात्रछात्रा र लन टेनिसका विभिन्न खेलहरू सञ्चालन हुने कुरा विद्यालयका सहप्राचार्य कमल लामिछानेले जानकारी गराउनुभयो ।

खेलकुद कार्यक्रममा फुटबलतर्फ २८ स्कुल सहभागी रहेका छन् भने छात्रछात्रा बास्केटबल र लन टेनिसका खेलहरू पनि रहेका छन् । फुटबल तथा बास्केटबल खेलमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ७५ हजार, ३५ हजार र २० हजार नगद पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले जानकारी दिनुभयो ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन