नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा ‘नारी टेलिभिजन एचडी’ले गर्याे प्रशारण प्रारम्भ

author

समाचारपाटी

२ years अगाडि

नेपालको पहिलो महिला टिभि च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आसार २० गतेबाट आफ्नो प्रशारण प्रारम्भ गरेको छ । नारीहरुको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरुको भुमिका र महत्व, समाज परिवर्तनमा नारीहरुको अग्रसरता यस्तै आदि कुराहरुलाई नारी टिभिले आफ्नो मुख्य उदेश्य राखेको छ ।

बाजुराको बुढीगंगा नगरपालिका, वडा नम्बर १० मा बृहत कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिक रुपमा प्रशारणमा आएको छ । करिब १ लाख ३४ हजार ९०० जनसंख्या रहेको सुदुरपश्चिमको बाजुरामा उद्घाटन समारोहका बीच त्यहाँ रहनु भएका १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यान संगै ३ महिनाका लागि पोट्रिन डाईट औषधीसंगै १०० जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको छ ।

उद्घाटन समारोहमा उपस्थीत हुनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृह मन्त्री रबी लामिछानेले टेलिभिजनको भिडहरुमा नारी टिभिले फरक उदेश्य र महत्व राख्ने सुनाउनुभयाे । उहाँले अगाडी थप्नुभयाे “यो टेलिभिजनको संचालक मेरी श्रीमति हुनुहुन्छ, नीकिता पौडेल । उहाँ मिडिया सम्बन्धी अध्यन विदेशमा गरी १४ बर्ष अघिदेखि नेपाली फिल्म क्षेत्रको श्रीवृद्धीमा समप्रित टेलिभिजन च्यानल टिभि फिल्म संचालन गरी रहनु भएको थियो । र, अब महिलाहरुको आवाज बोल्नु पर्छ, समाज रुपान्तरणमा महिला सहभागिता अपरिहार्य देखिएको भन्दै नारी टेलिभिजन संचालनमा ल्याउनु भएको छ । समस्त नारीहरुको आवाज बन्न सकोस् शुभकामना छ ।”

टेलिभिजनले प्रशारण प्रारभ्म गरेसंगै माईती घर र आजको नारी नामक कार्यक्रम प्रशारण थालनी गरेको छ भने नारी समाचार पनि प्रशारणमा आएको छ । बिशेषत महिलाहरुका हकहित, अधिकारका निमित्त नारी टिभि सदैव क्रियाशिल रहने अध्यक्ष निकिता पौडेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष पौडेलले भिटि फिल्मीले प्राप्त गरेको दर्शकहरुको मायालाई आत्मसाथ गर्दै नारीहरुको आवाजका रुपमा पहिलो महिला सम्बन्धी टेलिभिजन प्रशारणमा ल्याउँन पाउनु आफ्नो भाग्य ठानेको सुनाउँनु भयो ।

नारी टेलिभिजनमा यसका बिषय वस्तु मात्र हैनन् यहाँ कार्यरतहरु सम्पूर्ण महिलाहरु नै हुनुहुन्छ । जसले गर्दा नारी टिभि सम्पूर्ण महिलाहरु प्रति समप्रित रहेको छ ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन