fbpx

पोखरामा प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने, प्रतियोगिताको तयारी तीव्र

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । खेलकुद विकास मञ्च पोखराको आयोजनामा स्व. याम (राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । आगामी शुक्रबार र शनिबार हुने प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।

पोखरा ४ गणेशटोल स्थित स्पोर्ट्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिता हुनेछ । पोखरा महानगरपालिका वडा नं. १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको रनिङ शिल्ड सार्वजनिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिनुभएको छ ।

वडाबाट प्रतिभावान् खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको थापाले बताउनुभयो । खेलकुद र सामाजिक कार्य गर्नका लागि २०७९ सालमा स्थापना भएको मञ्चले आगामी दिनमा समेत खेलकुद र सामाजिक कार्यलाई निरन्तर अघि बढाउने उहाँले सुनाउनुभयो । मञ्चले फुटसल मात्रै नभई आगामी दिनमा अन्य खेल प्रतियोगिताहरुको समेत आयोजना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यस्तै, दुई दिनसम्म हुने प्रतियोगिताको तयारी तीव्र चलिरहेको खेल संयोजक विकिता तामाङले जानकारी दिनुभयो । उहाँले प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनुभयो । प्रतियोगिताको उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयीमान खेलाडी र अनुशासित टिमले आकर्षक ट्रफि हात पार्ने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा असार २८ गतेसम्म टिम दर्ता गर्न पाइने छ । टिम दर्ता शुल्क चार हजार पाँच सय रुपैयाँ तोकिएको तामाङले बताउनुभयो। प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहने विश्वास गरिएको छ ।

खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठले खेलकुद पत्रकार मञ्च खेलकुदको क्षेत्रमा अहोरात्र खटिरहेको सुनाउँदै मञ्चको तर्फबाट सक्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कुनै पनि कार्यक्रम गर्दा धेरै बाधा अवरोध आउने र त्यसको सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रतियोगितालाई फुड स्टेसन जापान मुख्य प्रायोजन गरेको छ भने विभिन्न व्यवसायी तथा समाजसेवीले सहयोग गरेको छ ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर