काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा गत शुक्रबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।
अरनिको राजमार्ग अन्तर्गत नेपाल र चीनको सिमानामा पर्ने कोदारी क्षेत्रको यो जंगलमा लागेको डढेलो नियन्त्रणमा लिनका लागि सोमबार दिनभर हेलिकप्टरबाट पानी खन्याइएको थियो ।
यद्यपि अहिले पनि आगो नियन्त्रणमा आइसकेको छैन ।‘हिजो दिनभर पनि हेलिकप्टरबाट भोटेकोशीको पानी उभ्याएर लगेर खन्याएर ‘बस्ती वरिपरिको क्षेत्र जोगाए पनि । जोखिममुक्त छ ।’
शुक्रबारबाट सुरु भएको आगलागीबाट ३५ वर्ग किलोमिटर क्षेत्रमा जंगल जलिसकेको छ । अहिले माथि डाँडामा आगलागी भइरहेको छ।कोदारीभन्दा माथि राङ्बुसा गाउँबाट माथिल्लो भिरमा आगो लागेको हो। डाँडामा लागेको डढेलो पनि नियन्त्रणमा लिनेगरी प्रयास भइरहेको छ।
बिहान आगो कम देखिए पनि अहिले घाम लागेपछि धुवाँको मुस्लो ठूलो हुँदै गएको छ ।‘बस्तीबाट त टाढा गएको छ । दिउँसो भएपछि घाम लागेर हावाहुरी लाग्दा अलिक बढेको जस्तो देखिने, ‘आगो नै सल्किएको त छैन, तर धुँवाको मुस्लो चाहिँ ठूलै आइरहेको छ ।’
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय लगायतले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छन ।लिपिङ बजारमाथिको भिरबाट डढेलो सुरु भएको थियो ।
केहीदिन अघि काभ्रेपलाञ्चोकको बेथानचोक र खानीखोला गाउँपालिकामा लागेको डढेलो झण्डै एक सातापछि नियन्त्रणमा आएको थियो ।