काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ ।आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल भएका छन् ।स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।