fbpx

हिउँद सुक्खा हुँदा २४ घण्टामा १५ जिल्लामा आगलागी, ३ जिल्लामा डढेलो

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । हिउँद सुक्खा हुँदा आगलागीका घटना बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा १५ जिल्लामा आगलागीका घटना भएका छन् । तीन जिल्लामा डढेलो लागेको रेकर्ड छ । सोलुखुम्बु, भोजपुर र काभ्रेमा डढेलो लागेको छ । काभ्रेको बेथानचोक गाउँपालिका ३ को नाराणस्थान सामुदायिक वन र जनजागृती सामुदायिक वन तथा वडा नम्बर ५ को चिसापानी सामुदायिक वनमा लागेको डढेलो फैलिँदै गएको छ । खानीखोलातर्फको डढेलो भने हेलिकोप्टरको सहायतामा नियन्त्रणमा आएको थियो । भोजपुर नगरपालिका ३ को भालुखोप सामुदायिक वनमा लाएको आगो भने निभाउने प्रयास भइरहेको छ ।

सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका ४ को सुर्केस्थित एक निजी जंगलमा लागेको आगो भने नगर प्रहरी, विमानस्थल सुरक्षा गार्ड फाप्लु र स्थानीय मिलेर निभाएका छन् । विपद् प्राधिकरणको रेकर्ड अनुसार बाजुरा, सल्यान, दैलेख, पाल्पा, रुपन्देही, बाग्लुङ, काभ्रे, मकवानपुर, पर्सा, धनुषा, सिरहा, सुनसरी, सोलुखुम्बु, तेह्रथुम र मोरङमा आगलागीका घटना भएका छन् । आगलागीबाट मानवीय क्षति भने भएको छैन । डढेलो खासगरी गर्मी र सुख्खा समयमा बढी लाग्ने गर्दछ । मंसिरदेखि मध्य जेठ महिनासम्मको समयावधि सुख्खायामको रूपमा चिनिन्छ । डढेलो मंसिरदेखि प्रारम्भिक रूपमा सुरु हुन्छ र वैशाख महिनाको मध्यतिर चरम हुन्छ । साथै मनसुन सुरु भएपछि कम हुन्छ ।

डढेलो विज्ञ तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दरप्रसाद शर्माका अनुसार, ७४ प्रतिशत डढेलो मध्य फागुनदेखि मध्य वैशाखको बीचमा लाग्छ । यस्तै ५१ प्रतिशत डढेलो चैतदेखि मध्य वैशाखको बीचमा लाग्ने गर्छ । लामो समय पानी नपर्दा सुक्खा हुने र असावधानीका कारण आगलागीका घटना बढी हुने गरेको पाइएको छ । नेपालमा वार्षिक सरदर ३ हजार ९८ वटा डढेलोका घटना हुने र त्यसबाट १ लाख ७२ हजार ४० हेक्टर जंगल मासिने गरेको अनुमान छ । तर आगलागी नियन्त्रणमा सरकारको कदम प्रभावकारी देखिएको छैन । यस वर्ष हिउँद सुक्खा हुने प्रिमनसुन सिजनमा गर्मी हुने पूर्वानुमान भएकाले यस वर्ष पनि डढेलो र आगलागीका घटना बढ्नसक्ने अनुमान छ ।


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...