fbpx

बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा करेक्शन गर्न आवश्यक छः अर्थसचिव डा.कृष्णहरी पुस्कर

author

समाचारपाटी

८ महिना अगाडि

अर्थसचिव डा.कृष्णहरी पुस्करले बजेट विनियोजनको प्राथमिकतालाई पुनःसंरचना गरी विकासको दिशा नै सच्याउन आवश्यक रहेको बताउनुभएको छ । 


बिहीवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सचिव पुस्करले यस्तो बताउनुभएको हो । उहाँले विगतका बजेट निर्माण गर्दा मुलुकको आवश्यकता र प्राथमिकता भन्दा बाहिर बजेट विनियोजन गर्दा समग्र विकासका परिदृश्यहरु अफ्ठ्यारोमा परेको दाबी गर्नुभयो । उहाँले विगतका बजेटमा कष्ट बेनिफिटको विश्लेषण नगरी प्राथमिक क्षेत्र निर्धारण गर्दा अहिले समस्या भइरहेको बताउनु भयो । उहाँले बजेट प्राथमिकताको पुनःसंरचना गरेर विकासको दिशा नै करेक्शन गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले राजमार्गमा कति रकम छुट्याउने विषय भौतिक मन्त्रालयकै जिम्मामा रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले भनेका आयोजनाहरुमा स्रोत सुनिश्चिता अर्थ मन्त्रालयले गरिसकेको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले मुलुकको क्षमता र उपलब्ध स्रोतका आधारमा स्रोत सुनिश्चिता गरेको भन्दैहुलाकी राजमार्गमा आवश्यकताअनुसार मात्रै स्रोत सुनिश्चिता गर्नसक्ने जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्रमा राजश्व परिचालनको चाप,सरकारको नियमित खर्च तलब भत्ता र सामाजिक सुरक्षा भत्ता बढ्दो अवस्थामा छ । त्यो बाहेक विश्वव्यापी अर्थतन्त्रका समस्याहरुको चाप नेपालको अर्थतन्त्रमा पनि परेको कारण अर्थतन्त्र पूर्णरुपमा तङ्ग्रि नसकेको र केही दबाब रहेको छ । तर गत वर्षको तुलनामा समग्र अर्थतन्त्र सबलिकरण भएको छ । अर्थ मन्त्रालय बजेटको सिलिङ आफैँ तोक्ने गर्दैन । राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षमा रहेको समितिले तोकेको सिलिङको आधारमा अर्थ मन्त्रालयले काम गर्दछ । बजेट निर्माण गर्दा कष्ट बेनिफिटको विश्लेषण गर्न नसक्दा सहि प्राथमिकता भन्दा पनि फरक प्राथमिकताको कारण समग्र विकासका परिदृश्यहरु अफ्ठ्यारोमा परिरहेको अवस्था छ । त्यसलाई पुनःसंरचना गर्नुपर्ने विकासको दिशा नै करेक्शन गरी आवश्यक क्षेत्रमा बजेट व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ । कुन सडकमा कति रकम छुट्याउने विषय भौतिक मन्त्रालयकै जिम्मामा रहेको छ । आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयले भनेका आयोजनाहरुमा स्रोत सुनिश्चिता गरेका छौं । अर्थमन्त्रालय मुलुकको क्षमता र उपलब्ध स्रोत सुनिश्चिता गरेको छ । हुलाकी राजमार्गमा आवश्यकताअनुसार मात्रै स्रोत सुनिश्चिता गर्नसक्छ  ।’

उहाँले कारको नियमित खर्च तलब भत्ता र सामाजिक सुरक्षा भत्ताको दायित्व वृद्धि हुँदा मुलुकको अर्थतन्त्र दबाबमा रहेको बताउनु भयो । उहाँले राजश्व परिचालनमा पनि सरकार चापमा रहेको स्वीकार गर्नुभयो । उहाँले विश्वव्यापी अर्थतन्त्रका समस्याहरुको चाप नेपालको अर्थतन्त्रमा पनि परेको कारण अर्थतन्त्र पूर्णरुपमा तङ्ग्रि नसकेको उल्लेख गर्नुभयो । गत वर्षको तुलनामा समग्र अर्थतन्त्र सबलिकरण भएको उल्लेख गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, मंसिर १७, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन