fbpx

दलित उत्थान तथा विकास प्राधिकरण स्थापनाको काम शुरु भइसक्योः अर्थमन्त्री विष्णु पौडेल

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल दलित उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने कार्यलाई अघि बढाइएको बताउनुभएको छ ।


चालु आर्थिक वर्षको बजेट वक्तव्यमा मुक्त कम्लरीको आर्थिक सशक्तिकरणका लागि व्यवसायिक कृषि तालिम प्रदान गर्ने तथा दलित समुदायको संविधान प्रदत्त अधिकारको प्रत्याभूति गर्न सशक्तिकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित उपेक्षित, उत्पीडितहरुको उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने उल्लेख गरिएकाले त्यसको कार्यान्वयनका कामलाई सम्बन्धित मन्त्रालयहरुले कार्यविधि बनाउने काम अघि बढाएको उपप्रधानमन्त्री पौडेलको भनाई थियो । आईतवार राष्ट्रिय सभा बैठकमा सांसद भुवनबहादुर सुनारले सो प्राधिकरणको स्थापना कहिले हुन्छ ? भनि प्रश्न गर्नुभएको थियो । त्यसको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले सो कार्यक्रमको कार्यान्वयनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयको सहकार्यमा कार्यविधि र मापदण्ड बनाउने काम भइरहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेट बक्तव्यमा दलित समुदायको रैथाने सीप, ज्ञान, पेशाको आधुनिकीकरण गर्न, रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम संचालन गर्न रु. २० करोड अर्थ मन्त्रालयको बजेट शीर्षक अन्तर्गत बजेट विनियोजन गरिएको छ । नेपालको संविधानमा दलित समुदायको हकका सम्बन्धमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट वक्तव्यमा मुक्त कम्लरीको आर्थिक सशक्तिकरणका लागि व्यवसायिक कृषि तालिम प्रदान गर्ने तथा दलित समुदायको संविधान प्रदत्त अधिकारको प्रत्याभुति गर्न सशक्तिकरण कार्य गर्ने संरचनालाई एकीकृत गरी दलित उपेक्षित, उत्पीडितहरुको उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गर्ने उल्लेख गरिएको छ । साथै दलित समुदायको रैथाने सीप, ज्ञान, पेशाको आधुनिकीरकरण गरी रोजगारी सृजना र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न यस आर्थिक वर्षका लागि रु. २० करोड बजेट विनियोजना गरिएको हुँदा सो को कार्यान्वयनका लागि आवश्यक्ता र औचित्यताका आधारमा सम्बन्धित मन्त्रालयबाट कार्यविधि तथा मापदण्ड बनाउने कार्य भइरहेको छ । यो कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने भनि म यस अवसरमा विश्वास दिलाउन चाहन्छु । यो बजेट अर्थ मन्त्रालयको बजेट शीर्षकमा छ । सँगसँगै यसलाई कार्यान्वन गर्ने तालुकवाला मन्त्रालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र गृह मन्त्रालयको आपसी समन्वयमा यी कार्यक्रमहरु कार्यान्वयन हुन्छन् ।’उपप्रधानमन्त्री पौडेलले सरकारले संविधानले प्रदत्त गरेका अधिकारको प्रत्याभूति गराउने काममा जोड दिने नीति लिएको पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, कार्तिक २५, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई आज अदालतमा उपस्थित गराइँदै, पोखरामा रास्वपाले प्रदर्शन गर्ने

के कारणले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए त...

प्रधानमन्त्री ओलीलाई भाइरल ज्वरो, केही दिन आराम गर्न चिकित्सकको...

अमेरिकी राष्ट्रपति चुनावको मतदानमा ट्रम्प अगाडि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन