अर्थमन्त्री वर्षमान पुनले पदभार ग्रहण गर्नुभएको छ । मंगलवार साँझ अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । अर्थमन्त्री पुनले पदभार ग्रहण गर्दै आम सर्वसाधरण र निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मुलुकको वर्तमान अर्थतन्त्र संकटमा नभएर मन्दीमा रहेको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्रमा रहेका चुनौतीहरुलाई सबै भन्दा पहिला सबै अन्तरमन्त्रालय समन्वय गरेर समाधान गर्ने बताउनु भयो। उहाँले अर्थतन्त्रको चुनौतीलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुपरेकाले त्यही अनुसार काम गर्ने बताउनु भयो । उहाँले नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको बताउन भयो । उहाँले सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्न अर्थमन्त्रीको रुपमा आएको बताउनु भयो । उहाँले सन् २००८मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा सम्हालदा पनि त्यो बेलाको संकट समाधान गरेको भन्दै अहिलको समस्या पति समाधान गर्नसक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले आर्थिक मन्दीको बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेको अनुभवका आधारमा काम गर्ने बताउनु भयो । उहाँले अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु रहेको भन्दै प्राथमिकताका साथ समधान गर्ने बताउनु भयो । उहाँले सार्वजनिक क्षेत्रमा केही समस्या रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले अहिले राजश्व संकलन १० प्रतिशतको वृद्धि भएको भन्दै अब अर्को महिना देखि दोब्बर वृद्धि गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा संकट नै होइन । मन्दीमा पगेर चलायमान कम भएको हो । अर्थतन्त्रमा चुनौतीहरु छन् । चुनौतीहरुलाई प्रधानमन्त्रीले मुख्य कामको रुपमा सुशासन पहिलो प्राथमिकता र आर्थिक समृद्धिको गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसाथ गरेको छ । सरकारको प्राथमिकता प्रधानमन्त्रीको निर्देशनमा रहेर सबै क्षेत्रको मनोवल उठाएर आशा जगाउने गरी काम गर्छु । मेरो प्रतिवद्धता पनि हो । सजिलो छैन । २००८ मा विश्व व्यापी आर्थिक संकट लगतै २०११मा अर्थमन्त्रीको जिम्मेवारीमा आएको थिए । त्यति खेर पनि घरजग्गा,शेयर बजार,तरलता,सहकारीमा समस्या त्यति बेला पनि थिए । त्यो बेला पनि विश्वव्यापी आर्थिक मन्दीको असर पर्न दिएनौं । त्यो बेलामा पनि आर्थिक वृद्धिदर ५ प्रतिशत गरेका थियौं । त्यो अनुभव र आजको प्राथमिकतामा काम गर्न सकिन्छ । सबै आम नागरिक,उद्योगी,व्यवसायीहरुलाई अनुरोध गर्न चाहन्छु । आशा जगाउन सक्छौं । अर्थतन्त्रको केही ठाउँमा शिथिलताहरु छन् । त्यसलाई हल गर्न सक्छौं । समस्याहरु कहाँ छन् थाहा भएकाले मेरो प्रयास अन्य मन्त्रालयहरुको सहकार्यमा समस्याहरु हल गर्न सकिन्छ । आशा जगाउन सकिन्छ । सबै क्षेत्र नराम्रो छैन । सार्वजनिक क्षेत्रमा केही समस्या छ । त्यसलाई प्राथमिकतामा राखेर काम गर्छु । राजश्व संकलन १० प्रतिशतको वृद्धि छ । अर्को महिना देखि दोब्बर वृद्धि गर्न सकिने आधारहरु छन् । मैले बोलेर भन्दा पनि काम गरेर देखाउन चाहन्छु । अर्थ मन्त्रालयको टिमलाई लिएर अभ्यास गर्दा सकिन्छ । अरुलाई आलोचना गरेर भन्दा पनि आफूले राम्रो गरेर काम गर्ने हो । विगतका अर्थमन्त्रीहरुले गरेको असल प्रयासलाई निरन्तरता दिँदै अनुभवलाई लिएर काम अगाडी बढाउँछु ।’
उहाँले सबैसँग समन्वय गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काममा आज देखिने लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
—न्युज एजेन्सी नेपाल