सरकारलाई पैसाको अभाव होइन,पुँजीगत खर्च गर्ने क्षमताको कमी छः अर्थमन्त्री वर्षमान पुन

author

समाचारपाटी

१ year अगाडि

अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताउनुभएको छ । 


बुधवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो बताउनुभएको हो । उहाँले सरकारसँग अहिले प्राप्त मात्रामा पैसा रहेको बताउनु भयो । उहाँले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको बताउनु भयो । उहाँले अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको बताउनु भयो । अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको बताउनु भयो । उहाँले सरकारलाई विदेशी विकास साझेदारहरुले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको बताउनु भयो । उहाँले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिएपनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि  अहिले ७ प्रतिशतमा सिमित रहेको बताउनु भयो । उहाँले पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘अहिले सरकारलाई पैसाको अभाव छैन । खर्च गर्ने क्षमता पुगेन । अहिले पनि विदेशी सहयोगमा प्रतिवद्धता भएको रकम ५ खर्ब भन्दा बढी छ । सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्बको छ । तर सरकारलाई विदेशी विकास साझेदारहरुले सहयोग गछौं । ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको रकम ५ खर्ब छ । निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती छ भन्नुभयो । सरकारले यो सहयोग जुटाउन सक्छ भन्नुभयो । अब जुटाउने होइन खर्च गर्ने हो । प्रतिवद्धता भएको रकम समेत खर्च गर्न सकेका छैनाैँ । हाम्रो कहाँ कमजोरी हो । विगतमा वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको थियो । तर अहिले ७ प्रतिशतमा छ । १२ वर्षअघि अर्थमन्त्री हुँदा ५ खर्बको बजेट थियो । पछिल्लो १२ वर्षमा बजेट आकार बढेर ५ खर्बबाट १७ अर्ब पुगेको छ । जनशक्ति त्यो बेला ९ हजार थियो अहिले घटेर साढे ६ हजार भएछ । जनशक्ति ९ हजारबाट घटेर ६ हजारमा आएछ भनेपछि टेक्नोलोजीले कम बनाएको हुनसक्छ । पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सकेनौं । यो विषयमा समिक्षा गर्न आवश्यक छ । विश्वास जगाउने प्रतिवद्धता छ । अर्थमन्त्रीले गर्ने सार्वजनिक वित्तको क्षेत्रका चुनौतीलाई समाना गर्न सकिन्छ । सत्ता र प्रतिपक्ष सबै सांसदहरुको सल्लाह सुझावका आधारमा पुरा गर्न सकिन्छ । देशको समृद्धि,सुशासन,सामाजिक न्याय हाम्रा साझा प्रतिवद्धता हुन् । नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति एकीकृत रुपमा बनाएर लैजान्छौं ।’
उहाँले पुँजीगत खर्च गर्ने विषयमा जनशक्तिलाई आवश्यक दक्षता बनाउन सरकारले नसकेको विषयमा समिक्षा जरुरी रहेको बताउनु भयो । उहाँले सार्वजनिक वित्तको क्षेत्रमा देखिएका चुनौतीलाई समाना गर्न सकिने अवस्थामा रहेको बताउनु भयो । उहाँ देशको समृद्धि,सुशासन,सामाजिक न्याय सबैको साझा प्रतिवद्धता भएकाले सबैको सहयोगको अपेक्षा गरेको बताउनु भयो। उहाँले विगतमा जस्तो नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति फरक–फरक भएको टिप्पणीलाई अब एकीकृत रुपमा ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

—न्युज एजेन्सी नेपाल
 


काठमाडौं

बिहिबार, जेष्ठ ९, २०८२

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन