‘नीति तथा कार्यक्रमले उत्साह जगाएको छ, व्यवसायीहरुलाई दुख दिने सरकारको नीति हुँदैन’ :-अर्थमन्त्री पुन

author

समाचारपाटी

१२ महिना अगाडि

अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

बुधवार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गर्नुभयो । अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताउनु भयो । उहाँले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोवल कमजोर बनाउने नीति नलिने बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताउनु भयो । उहाँले निजी क्षेत्र निरुत्साहित हुननहुने बताउनु भयो । उहाँले सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताउनु भयो । अर्थमन्त्री पुनले अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउने गरी बजेट आउने दाबी गर्नुभयो । उहाँले करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने बताउनु भयो । उहाँले व्यवसायीक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम गर्ने बताउनु भयो । उहाँले शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिने बताउनु भयो । उहाँले सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरा बढाउने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउँछौं । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने छौं । व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षा नहुने भनेर डराउनु पर्दैन । निजी क्षेत्रका कुनै क्षेत्र विशेषलाई केन्द्रित गरेर सरकारले काम गर्दैन । व्यवसायीहरुलाई दुख दिने सरकारको नीति हुँदैन । मंगलवार आएको नीति तथा कार्यक्रमले उत्साह जगाएको छ । बजेट मार्फत त्यसलाई बोक्न सक्ने हामी परिस्थिती बनाउँछौं । अर्थतन्त्रमा सुधार गर्न सकिन्छ । अहिले पनि केही क्षेत्रहरुले असाध्यै राम्रो गरेको छ । अन्य सम्भावित क्षेत्रहरु पनि छन् । निजी क्षेत्र निरुत्साहित हुनुहुँदैन । सरकारलाई दबाब दिनुुस कहाँ सुधार गर्न आवश्यक छ त्यो गर्छ । ८ वटा संशोधन गरेको छ । सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गछौं । अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउँछौं । करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने कोशिस हुन्छ । व्यवसायीक वातावरण बनाउने काम हुन्छ । कोही काखा कोही पाखा हुन्छ की भनेर कुनै व्यवसायीहरु चिन्ता गर्नु पर्दैन । शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता हुन्छ । सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरालाई कसरी बढाउन सक्छौं । त्यतातिर काम गरिरहेका छौं ।’


उहाँले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको बताउनु भयो । उहाँले सरकारले निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको दाबी गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन