‘रेमिट्यान्स २० प्रतिशतले बढेको छ , पर्यटन पनि अहिलेसम्मकै राम्रो छ’:-अर्थमन्त्री प्रकाशशरण महत

author

समाचारपाटी

१ year अगाडि

चितवन । अर्थमन्त्री प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन थालेको दावी गरेका छन् । अर्थतन्त्रको कारोवार विस्तारै उकालो लाग्न थालेको बताउँदै उहाँले मुलुकको अर्थतन्त्र सुधारोन्मुख भएको दावी गर्नुभएकाे छ ।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अर्थमन्त्री महतले आर्थिक गतिविधि बढ्न थालेकाले लगानीकर्तालाई धैर्य गर्न आग्रह गर्नुभयाे । मुलुकमा रेमिट्यान्स र पर्यटन पनि बढेका कारण अब अर्थतन्त्र सुधारको गतिमा भएको उहाँले जिकिर गर्नुभयाे। ‘मौद्रिक नीतिमा सहज रुपमा कर्जा प्रवाह हुँदा धेरै कर्जा जग्गा,सेयरमा गयो भन्ने छ । यसले त्यो क्षेत्रको क्षमताभन्दा बढी प्रवाह भएको हो । अहिले रिर्टन आएको छ । हिजो ऋण लिएर अहिले तिर्न नसक्ने कारण त्यो हो ,’डा.महतले भन्नुभयाे ,‘अहिले घर जग्गाको कारोवार माथि उठ्दैछ । रेमिट्यान्स २० प्रतिशतले बढेको छ । पर्यटन पनि अहिलेसम्मकै राम्रो छ । यी सबै कारणले आर्थिक गतिविधि बढेको छ । ’

डा.महतले एनसेलको सेयर बिक्रीको विषयमा आधिकारिक रुपमा सरकारलाई जानकारी नआएको बताउँदै करको विषयमा छलफल अघि बढाएको बताउनुभयाे । चुरे उत्खननको विषयमा कुनै कुरा नभएको बताउनुभयाे । सम्भाव्यता अध्ययन गरेर वातावरणमा असर नपर्ने गरी मात्रै काम अघि बढाउने बताउँदै प्रकृया अघि नबढेको बताउनुभयाे । ऋण लिएका लगानीकर्तालाई सरकारले राहत दिने कोसिस गर्ने उहाँले बताउनुभयाे।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन