fbpx

एसोएस बहिनीमा लक्जम्बरका अर्थमन्त्री फ्रांन्च फायोतको भ्रमण

author

समाचारपाटी

१ year अगाडि

पोखरा । लक्जम्बरका अर्थ तथा विकास मन्त्री फ्रांन्च फायोतले दिदी बहिनी बचाउ,कास्की नेपाल (एसोएस, बहिनी) को भ्रमण गर्नुभएकाे छ । उहाँसहित लक्जमबर्गबाट नेपालको राजदुत पेगी फ्रान्टजेन, ह्युमातरियन कोओपोरेशनको लक्जमबर्गको
अध्यक्ष फ्रांन्सो प्रुम र सचिव पिट कासेयरसहितको टोलीले बुधबार एसोएस बहिनीको भ्रमण गर्नुभएकाे हाे ।

उहाँहरुलाइ एसोएस, बहिनीले स्वागत तथा सम्मान गरेको छ । संस्थाकी अध्यक्ष कृष्णकुमारी पहारीले मन्त्री र राजदुतलाई ढाका टोपी र संस्थाकै बालिकाहरुले कोरेर पेन्टिंग प्रदान गरिएको थियो । संस्थाकी आश्रित बालिकाहरुले नृत्य,मन्तव्य तथा कराँते प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रमको सञ्चालन बालिका रसिला कार्की र स्नेहा धितालले गर्नुभएकाे थियाे । मन्त्री फायोतले संस्था भ्रमण गर्न पाउँदा खुशी, र एकदमै राम्रोसंग व्यवस्था गरेको देख्दा खुशी व्यक्त गर्नुभयाे ।

संस्थालाई गरेको योगदानलाई कदर गर्दै सम्मान गरिएको एसोएस बहिनीकी अध्यक्ष पहारीले बताउनुभयाे । ‘उहाँले हाम्रो संस्थालाई सहयोग गरिरहनु भएको थियो । हेर्न आउनुभएको थियो, उहाँलाई योगदानको कदर गर्दै हामीले सम्मान गरेका हौं,’ उहाँले भन्नुभयाे, ‘उहाँहरुले हामीले सञ्चालन गरेको कार्यक्रम, तालिम केन्द्रहरु हेर्नुभयो ।’

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य,सामाजिक विकास महाशाखाको बाल कल्याण अधिकारी बिष्णुमाया पौडेल, केन्द्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्ले सहभागी हुनुहुन्थ्याे।

२०६१ सालदेखि देखि बालबालिका तथा महिलाको क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले समुदायमा एकल महिलालाई रासन दिने, बालबालिका पढाई दिने, गरिबी भएका बालिकालाई शैक्षिक सहयोग गर्दै आइरहेको छ । अहिले ८५ जना बालिका र २० वटा एकल महिलाको परिवारलाई रासन दिदैँ आइरहेको छ । बुबाआमा नभएको, भएकोकाको पनि संरक्षण नभएको नानीहरुको क्षेत्रमा काम गर्दै आएको छ । उक्त सस्था महिलाहरुले सञ्चालन गरिरहनुभएकाे छ । संस्थाले समुदायमा २० परिवारलाई सहयोग र समुदायको ५० बालबालिकालाई शैक्षिक सहयोग प्रदान गरिरहेका छ ।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो