क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छः अर्थमन्त्री डा.प्रकाशशरण महत

author

समाचारपाटी

१ year अगाडि


अर्थमन्त्री डा.प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ ।

शुक्रवार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको  हो । उहाँले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको भन्दै उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउनु भयो । उहाँले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको दाबी गर्नुभयो । उहाँले भारत लगायत बाहिरि लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गर्नुभयो । उहाँले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक समृवृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताउनु भयो । उहाँले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएको बताउनु भयो । उहाँले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको बताउनु भयो । उहाँले  वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताउनु भयो । उहाँले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले  जोखीमअनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको बताउनु भयो । उहाँले दुई थरिको बीमा रेट राख्नु उपयुक्त नभएको बताउनु भयो । उहाँले बजारमा चलेको रेटमा नै जानुपर्ने बताउनु भयो ।  
उहाँले भन्नुभयो,‘नेपालमा विद्युत उत्पादनको ठूलो सम्भावना छ ।  क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ । दक्षिण एसिया क्षेत्रमा पनि ऊर्जा प्रतिको आकर्षण वृद्धि भएको छ । कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्य छ । त्यसमा नेपालबाट सानो योगदान हुनसक्छ भन्ने हिसाबले अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएका छन् । नेपाल भित्र पनि २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीति आयो । निजी क्षेत्रलाई प्रवेश गराउने नीति त्यो बेलाको सरकारले ल्यायो । सानो लगानी गरेका जलविद्युतका लगानीकर्ताले अहिले ठूला आयोजनाहरु गर्दैछन् । सयौंको सख्यामा जलविद्युतमा लगानीकर्ताहरु छन् । जलविद्युतको क्षेत्र समस्यारहित छैन । ती समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको छ । वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको छ । सहज गर्ने काम गरिरहेका छौं । बसाईंसराई भएर गाउँ खाली भएसँगै गाउँघर पनि जङ्गल बन्दै गएका छन् । अहिले नेपालको जङ्गल २७ बाट ४५ प्रतिशत पुगेको छ । ऊर्जा क्षेत्रको बीमाका सन्र्दभमा नेपालीहरुको प्रवृत्ति तत्काल रिटन आउनुपर्ने रहेको छ । लिन पाईराखोस् तर सकेसम्म दिन नपरोस् भन्ने हरेक क्षेत्रमा छ । हामीले लिने मात्रै भन्दा पनि दिने काम पनि गर्नुपर्छ । लिने मात्रै हुँदा केही समयलाई फाइदा भएपनि लामो समयको लागि फाइदा हुँदैन । बीमाको विषयमा शिक्षा लिन जरुरी छ । ट्यारिफ र ननट्यारिफ रेटका कुरा आएका छन् । यसमा सरकारले निश्चित रेट हुनुपर्छ भन्ने गलत कुरा हो । त्यो बजारको रेटमा नै जानुपर्छ । म बोलाएर कुरा गर्छु । बजार रेटमा जानुपर्छ ।’

उहाँले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले कम्पनीहरुले बीमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.७६°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन