अर्थमन्त्री डा.प्रकाशशरण महतले बैंकको ऋण बढी लिनेले तिर्दिन भन्न नमिल्ने बताउनुभएको छ । बुधवार भक्तपुरमा शंखधर दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले मुलुकको अर्थतन्त्रका विषयलाई समेत लिएर जथाभावी बोल्दै हिँड्नेले बैंकको ऋण बढी लिएर तिर्दिन भन्न नमिल्ने बताउनु भयो । उहाँले ऋण लिएर खाने र १० ठाउँमा लगाएर बैंकको ऋण तिर्दिन प्रवृति गलत भएको बताउनु भयो । उहाँले बैंकको ऋण लिएर व्यवसाय गर्दा गर्दै तिर्न नसक्ने व्यवसायीहरुलाई नीतिगत रुपमा राज्यले हेर्ने बताउनु भयो । उहाँले बद्मासी नगर्ने तथा व्यवसाय गर्दा गर्र्दै समस्या परेकाहरुको लागि राज्यले सहजिकरण गर्न तयार रहेको बताउनु भयो । उहाँले पछिल्लो समय विश्व अर्थतन्त्र नै शिथिल भएर मन्दीमा रहेको भन्दै नेपालको अर्थतन्त्र सकारात्मक दिशामा रहेको बताउनु भयो । उहाँले कोभिड महामारी,भूकम्प लगायतका असर भोगेर पनि नेपालको अर्थतन्त्र सकारात्मक रहेको बताउनु भयो । उहाँले नेपालका राम्रो रेमिट्यान्स र पर्यटन आगमन उच्च रहेकाले अर्थतन्त्रमा थप सकारात्मक बन्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले सरकारले देशका ठूला सडकमा मात्रै लगानी गर्नसके पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्ने विश्वास रहेको बताउनु भयो । उहाँले बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा, शेयर र क्रिप्टोमा पनि लगानी गरेकाले बजारमा केही समस्या रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘बीपी कोईरालाले भन्नुभएको थियो । जब सत्यको मुख बन्द हुन्छ त्यसपछि झुटोको थुतुनो चल्छ । थुतुनो चलाउनेसँग किन बोल्ने भनेर चुप बस्यो भने बोल्नेको सामराज्य चल्छ । बोल्ने मान्छेको कुरा सत्य रहेछ भनेर मानिसहरु पछि लाग्छन् । हामीले सत्य बोल्न छाड्नु भएन । सत्यको मुख खोल्न थालेपछि झुटो थुतुनु बन्द हुन्छ । झुटहरुको मुख बन्द गर्न जरुरी छ । जुन संघर्ष,मेहनत र योगदानबाट लोकतन्त्र स्थापना गरेका छौं । हिजोको समय सुनौलो युग थियो भन्नु गलत हो । त्यो बेला आधा मानिसहरु खाली खुट्टा हिँड्ने गर्थे । तर अहिलको व्यवस्थाले धेरै परिवर्तन आएको छ । अझै धेरै गर्नुपर्ने हो तर भएको छैन । अहिलेसम्म भएको उपलब्धि यही लोकतान्त्रिक पद्धतीमार्फत सम्भव छ । आज जुन प्रवृतिले बोलि रहेको छ । यो प्रवृतिले हिजो बोल्न दिएका थिएनन् । अहिलेको व्यवस्थाले बोल्न सबैलाई दियो । अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको छ भने त्यो गलत हुन्छ । सफल हुँदैन । आर्थिक विषयलाई पनि यसमा जोड्ने गरिएको छ । अहिले विश्व अर्थतन्त्रमा नै सिथिलता आएको छ । नेपालको अर्थतन्त्र कोभिडबाट प्रभावित भयो । महाभूकम्पको असर भोग्यौं । त्यसका बाबजुत अहिले नेपालको अर्थतन्त्र सकारात्मक दिशामा गइरहेको छ । रेमिट्यान्स आइरहेको छ । अहिले नेपालमा पर्यटनहरु सबै भन्दा धेरै आएका छन् । अझ आउने क्रम जारी छ । देशका ठूला सडकमा मात्रै लगानी गर्न सक्यौं भने पर्यटन क्षेत्रले मात्रै नेपालको आर्थिक रुपान्तरणमा ठूलो योगदान गर्छ । बैंकहरुबाट धेरै ऋण प्रवाह भएकाले मानिसहरुले धेरै लगानी जग्गा,शेयर र क्रिप्टोमा पनि लगानी गरे भन्ने आएको छ । त्यसको अनुसन्धान भइरहेको छ । लगानी गरेको ठाउँबाट प्रतिफल आएन । पैसाको कारोबार नहुँदा बैंकको ऋण तिर्न नसक्दा अन्योल सिर्जना भएको छ । जसले सबै भन्दा ठूलो ऋण लिएको छ । उसैले तिरदिन भनेर हिँडिरहेको छ । ऋण लिन तिरदिन भन्ने ? तर जसले ऋण लिएर गर्दागर्दै पनि समस्यामा परेका छन् ।त्यसलाई राज्यले हेर्छ । तर ऋण लिएर १० ठाउँमा लगाउने ऋण तिरदिन भन्ने हुँदैन ।’
उहाँले अफवाह बोल्दै हिड्नेहरुको मुख बन्द गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले लामो संघर्ष,मेहनत र योगदानबाट ल्याएको लोकतन्त्र व्यवस्था माथि आँच आउन दिन नहुने बताउनु भयो । उहाँले बोल्नेहरुले विगतको समय सुनौलो युग थियो भन्नु गलत भएको भन्दै अहिलको व्यवस्थाले धेरै परिर्वतन आएको बताउनु भयो । उहाँले लोकतान्त्रिक पद्धतीमार्फत नै मुलुकको समृद्धि सम्भव रहेको बताउनु भयो । उहाँले अहिलेको व्यवस्थालाई खोस्ने सोच कसैले बनाएको भए त्यो सफल हुन नसक्ने बताउनु भयो ।