काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले श्रोत सुनिश्चितताको कमीका कारण निर्माण व्यवसायमा समस्या देखिएको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा नेपाल अडिटर्स एशोसिएशन (अडान) को १८ औं अडान डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले श्रोत सुनिश्चितताको अभावका कारण निर्माण व्यवसायमा देखिएका समस्या समाधानका भरपाइको श्रोत नभएको बताउनु भयो । मन्त्री महतले हरेक क्षेत्रमा समस्या भएझैँ राज्य संयन्त्रमा पनि समस्या रहेको र त्यो समस्या कार्यान्वयनको पक्षमा रहेको बताउनु भयो । उहाँले घोषणा गर्ने तर त्यसको श्रोत सुनिश्चितताको बारेमा नसोच्ने कारण धेरै समस्या सिर्जना भइरहेको बताउनु भयो । उहाँले भविष्यको निर्णय गर्ने तर श्रोतको बारेमा जानकारी नराख्ने परिपाटीको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अवश्य पनि हाम्रो राज्य संयन्त्रमा समस्या छ । जसरी हरेक क्षेत्रमा समस्या छ, राज्य संयन्त्रमा पनि समस्या छ । हामी समयमा कार्यान्वयन गर्दैनौँ । धेरै कुरा हामी घोषणा गर्छौं । त्यो घोषणामा अन्तर्निहीत जुन विषयवस्तु छ, त्यसको गहनता र गम्भीरतालाई हामी धेरै सोच्दैनौँ । त्यसले धेरै समस्या आएको छ । हामी श्रोत सुनिश्चितता भनेर धेरै कुराहरु ग¥यौं । बजेट विनियोजन गयौं । फ्युचर इन्कमको पोसिबिलिटी र त्यो सीमा कति हुनसक्छ ? भन्नेकुराको ख्याल नगरी हामीले अहिले नै भविष्यको कुरा निर्णय ग¥यौं । यत्तिको ठेक्का लगाउने, ५ करोड अहिले राखेर ५ अर्बको ठेक्का । श्रोत सुनिश्चितता बहुवर्ष । भनेर भन्यौँ । ठेक्का लाग्यो कााम थाल्यो । श्रोत छैन । त्यसले पनि अहिले निर्माण व्यवसायीदेखि लिएर त्यहाँ समस्याहरु दायित्वहरु सिर्जना हुँदै गयो, त्यसलाई समाधान गर्ने ब्याकअप, रिसोर्सेस छैन । त्यसकारण अहिले जतिपनि त्यो किसिमबाट विचार नगरी गरिएको निर्णयले ल्याएका समस्या जम्मा भएको छ । त्यसलाई फेरि सफा गर्न समय लाग्छ, त्यसको शुरुवाता मैले गरेको छु । एउटा घोषणाले सबैकुरा क्लिनअप गर्न गाह्रो छ, बिस्तारै हटाउँदै जानुपर्छ । त्यसमा चौतर्फी दबाब छँदैछ, स्वार्थ समूह छँदैछ, खाईपाईका कुराहरु घुमाउँदा आउने दबाबहरु झेल्नुपर्छ, मैले झेलिरहेको छु । हाम्रो काम गर्ने शैलीमा पनि यो त भन्नेकुरा हो, गर्ने कुरा छँदै छ भन्ने माइण्डसेट छ, त्यो चेन्ज गर्न जरुरी छ, तर लोगेको लाग्यै छु तर त्यो चेन्ज आउँछ, कार्यान्वयनमा जान्छ ।’
अर्थमन्त्री महतले विचार नगरी गरिएका निर्णयका कारण समस्या उत्पन्न भएको भन्दै ती समस्या समाधानका लागि केही समय लाग्ने बताउनु भयो ।