काठमाडौं I अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै लक्ष्य नभएर समग्र आर्थिक स्थायित्व कायम गर्ने भएको बताउनुभएको छ ।
मंगलवार नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौति, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले मुलुकको वर्तमान आर्थिक सूचकहरुले खुकुलो मौद्रिक नीति ल्याउन मिल्ने देखाएको बताउनु भयो। उहाँले मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै नभएर समग्र अर्थतन्त्रमा स्थायीत्व र आर्थिक वृद्धि उन्मुख गराउने भएको बताउनु भयो। उहाँले वर्तमान आर्थिक सूचकहरु अनुरुपमा चाँडै आउँदो वर्षको शुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने बताउनु भयो। उहाँले खुकुलो मौद्रिक नीति आउँदा बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजीप्रवाह नभएको अवस्थालाई मदत पुग्ने बताउनु भयो। उहाँले बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट गर्नसक्ने बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरु समाधान गर्नुपर्ने बताउनु भयो।
उहाँले बैंकहरुले ठूला लगानीकर्ताहरुमा मात्रै लगानी प्रवाह गर्ने तर मध्यम र साना लगानीकर्तामा पुँजीप्रवाह नगर्ने प्रवृति रोक्नुपर्ने बताउनु भयो। उहाँले नेपालमा बैंकर्स र उद्योगीहरु एउटै हुनु समान्य भएको भन्दै विश्वका अन्य मुलुकमा त्यस्तो नभएको बताउनु भयो। उहाँले उद्योगी व्यवसायीहरुसँगै अलिअलि पुँजी भएकाले पुँजी अनुसार बैंकमा सञ्चालन भएको बताउनु भयो। उहाँले उद्योगीहरु नै बैंकर्स भएकाले बैंकको पुँजी प्रवाह त्यँही भित्र मात्रै हुने परिस्थिति रहेको बताउनु भयो। उहाँले बैंकहरुले आगामी दिनमा ठूला लगानीकर्ता मात्रै नभएर मध्यम,साना लगानीकर्ता र उत्पादनशिल क्षेत्र पुँजीप्रवाह गर्नुपर्ने बताउनु भयो। उहाँले बैंकिङ क्षेत्रले धेरै उत्पादनशिल क्षेत्रमा लगानी भएन अनउत्पादक क्षेत्रमा बढी लगानी गरे भन्ने गुनासो रहेको बताउनु भयो।
उहाँले भन्नुभयो,‘ राष्ट्र बैंकलाई ठूलो चिन्ता मौद्रिक नीति खुकुलो बनाउँदा मूल्यमा समस्या आउँछ की भन्ने कुरा आएको थियो । अहिले आएको तथ्याङ्कहरुले पनि अब आउने मौद्रिक नीतिलाई खुकुलो गर्ने प्रस्शस्त ठाउँ इन्डिकेटरले पनि सर्पोट गर्ने अवस्था आएको छ । मौद्रिक नीतिको लक्ष्य मूल्यवृद्धि नियन्त्रण गर्ने मात्रै होइन । समग्रमा राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिको लक्ष्य भनेको समग्र अर्थतन्त्रमा स्थायीत्व र आर्थिक वृद्धि उन्मुख गराउनु हो । त्यही अनुरुपमा चाँडै आउँदो वर्षको सुरुमा नै मौद्रिक नीतिले सम्बोधन गर्ने छ । बैकिङ क्षेत्रमा देखिएको तरलता पुँजीप्रवाह नभएको अवस्थालाई मदत पुग्ने छ । बैंकिङ क्षेत्रले पनि आफ्नो तहबाट पनि के गर्न सकिन्छ बैंकिङ क्षेत्रभित्र रहेका समस्याहरु ठूला लगानीकर्ताहरुमा मात्रै लगानी प्रवाह हुने र मध्यम र साना लगानीकर्तामा नहुने अवस्था छ । नेपालमा बैंकर्स र उद्योगीहरु एउटै हुने रियालिटी होे ।
यदपी त्यो सामान्य तया अरु देशमा त्यस्तै हुँदैन । हाम्रो त्यही किसिमबाट चलेको छ । उनीहरुसँगै अलिअलि पुँजी छ । त्यही पुँजी बैंकमा जम्मा भयो । पछि पब्लिकहरुले पनि योगदान गरे । त्यसरी नेपालमा बैंकिङ क्षेत्रको विकास भयो । त्यसो भएकाले बैंकको पुँजी प्रवाह त्यँही भित्र हुने परिस्थिति छ । त्यसलाई पनि आउँदो दिनमा बैंकहरुले विशेष रुपमा ध्यान दिएर ल्याण्डिङको ड्राइभरसिपाई गरी मध्यम र साना लगानीकर्ता र उत्पादनशिल क्षेत्र पुँजीप्रवाह हुनुपर्छ । अहिले एउटा गुनासो बैंकिङ क्षेत्रले धेरै उत्पादनशिल क्षेत्रमा लगानी भएन । उपभोताको क्षेत्रमा अनउत्पादक क्षेत्रमा बढी लगानी भयो। भन्ने कुरा आएको परिपक्षमा उतातिर पनि बैंकिङ क्षेत्रले ध्यान दिने छ । राष्ट्र बैंकले पनि यसतर्फ ध्यान दिनेछ भन्ने विश्वास लागेको छ । म सबैलाई भन्दिन केही बैंकहरु प्रिबोटरी नीति अपनाएको प्रत्यक्ष प्रमाणहरु मैले प्राप्त गरेको छु ।
केही बैंकको सूचना मकहाँ आइपुगेको छ । बैंकले गलत गरेका छन् । हामीकहाँ कोलाटल बेसिस लेन्डिङ (धितोमा आधारित ऋण प्रवाह) रहेको छ । कोलाटल लेण्डिङको तुलनामा धेरै हाई कोलाटल लिने प्रवृति छ । अहिले महँगो ब्याजदर भइरहेको लगानीकर्ताहरुलाई रिपेमेन्ट गर्न कठिन भइरहेको अवस्थामा कोलाटल लिने काम भइरहेको छ । यो सबै ब्याजदर मिलेमतोमा गर्ने, सबै कुरा मिलेमतो गर्ने कुरा सैह्य हुँदैन। तैंले पनि नबढा, मैले पनि बढाउदिन भन्ने विषयलाई मान्न सकिँदैन् । त्यसमा प्रतिस्पर्धा तर हेल्दी प्रतिस्पर्धा गर्नु पर्छ ।’
उहाँले बैंकर र व्यवसायी एकै व्यक्ति भइदिँदा समस्या आएको बताउनु भयो। उहाँले केही बैंकहरुले धितोमा ऋणिलाई दुःख दिएको सूचना आफूलाई आएको बताउनु भयो। उहाँले केही बैंकले धेरै धितो राखेर थोरै ऋण दिने र पछि सबै धितो सस्तो मूल्यमा लिलामी गरेर कब्जा गर्न थालेको सूचना पाएको भन्दै बैंकहरुलाई सचेत हुन आग्रह गर्नुभयो । उहाँले मिलेमतोमा ब्याजदर तोक्ने परिपाटी गलत भएको पनि बताउनु भयो। उहाँले बैंकहरुले मिलेर ब्याजदर तोक्दा नागरिकले छनोटको सुबिधा नपाएको बताउनु भयो। उहाँले सबैले मिलेर ब्याजदर यति राख्ने भन्ने कुरा ठीक नभएको भन्दै प्रतिष्पर्धा सुनिश्चित गर्न आग्रह गर्नुभयो। उहाँले निजी क्षेत्रको बैंकहरु पनि निक्षेपकर्ताको सुरक्षा के हुने हो भन्ने हाहाकारको अवस्था आउँदा पनि त्यसलाई तुरुन्तै पुनः स्थापना गर्न आत्मविश्वास भएको अवस्था भएकाले नेपालको वित्तीय क्षेत्रलाई नमूनाको रुपमा अगाडि बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले अहिले लघुवित्त र सहकारीका क्षेत्रमा केही समस्या देखिएको बताउनु भयोे ।