संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुन्छः अर्थमन्त्री विष्णुप्रसाद पौडेल

author

समाचारपाटी

३ हप्ता अगाडि

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघ सरकार संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्नेमा गम्भीर रहेको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा अर्थ समितिमा भएको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुले संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा जोड दिनुभएको र त्यसमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले तीन तहको सरकारको प्रवन्ध गरिएको र तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरु पनि निर्धारण गरिएको उल्लेख गर्दै संस्थागत गरिएको प्रवन्ध अनुशरण गर्न केही कठिन भएको बताउनु भयो । उहाँले संविधानअनुरुप अभ्यस्त हुन केही समय लागेको भएपनि अब समय नलाग्ने बताउनु भयो । 

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘अफ्ठ्यारो कहाँनेर परेको छ भने हामीले संविधानमा एउटा प्रवन्ध गर्यौँ । तीन तहको सरकारको प्रवन्ध गर्यौँ । तीन तहको सरकारको अधिकारको सूचि र त्यसमा साझा सूचिहरु पनि निर्धारण गर्यौँ । पालिका, प्रदेश र संघले के गर्ने ? भन्ने हामीले संस्थागत गरेका छौँ । संस्थागत गरिएको प्रवन्ध अनुशरण गर्न हामीलाई अलिकति उकालो उकालो भइरहेको छ । अहिलेसम्मको अनुभवले त्यो बताउँछ । संविधानअनुरुप अभ्यस्त हुन हामीलाई समय पनि लाग्यो । हामी संघले संघीय महत्वका आयोजना र कार्यक्रममा केन्द्रित हुनुपर्छ भन्नेकुरामा यहाँहरुको जोड छ । यसलाई गम्भीरतापूर्वक लिएको छु । ’


उपप्रधानमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बनेटबाट सांसदहरुले महत्वपूर्ण सुझाव दिनुभएको र सुझावहरुलाई समेटेर बजेट निर्माण गर्ने प्रतिवद्धता जनाउनु भयो । परिस्थिति असहज भएकाले बजेट निर्माण गर्दा बजेटको साइज, विनियोजन कौशलता र कार्यान्वयनको सुनिश्चितताका साथै प्राथमिकतका निर्धारण गर्ने क्रममा छलफलको विषय बनाएर अघि बढ्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

२८.७२°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान