उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरुलाई किस्ता–किस्तामा समाधान गरी रहेको दाबी गर्नुभएको छ ।
नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था(आइकन)को २८ औं वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउँदै मुलुकमा लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको बताउनु भयो । उहाँले सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहनसक्ने गरी आत्मासाथ गरे पनि वर्तमान नयाँ टेक्नोलोजीका हिसाबले अगाडि बढ्न भने नसकेको बताउनु भयो । उहाँले कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न अझै नसकेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सहरुले सुधारको लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन नसकिएको बताउनु भयो । उहाँले कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न आग्रह गर्नुभयो । उहाँले सरकारले विदेशी लगानी प्रवद्र्धन र लगानीमैत्री वातावरण बनाउने कोशिस गरिरहेको भन्दै नेपाल चार्टर्स एकाउन्टेन्ट्सले थप भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल चार्टर्स एकाउन्टेन्ट्सले जस्तो सस्था छ रिर्पोट पनि त्यस्तै दिन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको पुँजीबजारलाई दिगो भरपर्दा र विश्वानिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भुमिका खेल्न नेपाल चार्टर्स एकाउन्टेण्ट्सहरुलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो,‘कर प्रणालीमा सरकारले चाहेको जस्तो सुधार गर्न सकेको छैन । कर छलीका काम भइरहेको छ । कुनैपनि व्यवसायीहरुले कर छल्न नसक्ने खालको कानून बनाउन सकिएको छैन । कर छल्न कुनै पनि कर्मचारीलाई सघाउन नसक्ने र औचित्यमा आधारित स्थापित गर्ने सन्र्दभमा सरकारले धेरै काम गर्न बाँकी छ । कर प्रणालीमा सुधार गर्न गरी राजश्वको उच्च वृद्धिको लागि सरकारसँग सहकार्यको माग गर्न चाहन्छु । सरकारले मुलुकमा स्वदेशी तथा विदेशी लगानीको वातारणका कुरा गरेका छौं । विदेशी लगानी प्रवद्र्धन र लगानी मैत्री वातावरणका कुरा गर्दा सबैभन्दा पहिला सम्पर्क हुने संस्था आईक्यान हो ।यहाँहरुको अध्ययन रिर्पोटका आधारमा लगानीकर्ताहरु आउँछन् । लगानी मैत्री वातावरण बन्ने गरी अध्ययन गरी रिर्पोट बनाउन आग्रह गर्दछु । कतिपय सस्थाहरु राम्रा हुन्छन् तर रिर्पोट राम्रो हुँदैन भने रिर्पोट राम्रो भएका संस्थाहरु राम्रा हुँदैनन् । त्यस्तो खालको मिसम्याचको स्थिति नहोस् । जस्तो सस्था छ रिर्पोट पनि त्यस्तै होस् । पुँजीबजारलाई दिगो भरपर्दा र विश्वानिय ढङ्गले अगाडि बढाउनका लागि कुनै पनि प्रकारका चिटिङहरुलाई प्रवेश हुन नदिनका लागि भूमिका खेल्न सक्नुहुन्छ । त्यस तर्फ पनि सहयोगको अपेक्षा गर्दछु । आर्थिक कारोबारलाई सरकारले डिजिटल रुपमा व्यवस्थित गर्दै गएको छ । सरकारले आर्थिक क्रियाकलापलाई डिजिटल प्रविधिमा सम्पूर्ण रुपमा निर्भर रहन सक्ने गरी आत्मासाथ गर्न सक्ने हिसाबले अगाडि बढ्न सकेको छैन ।पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि सरकारले किस्ताकिस्तामा समाधान गर्न चाहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन चाहेको छ । लगानी,उत्पादन,रोजगारीलाई अभिवृद्धि गर्न र विदेशी लगानी आकर्षित गर्नका निम्ति प्रयास गरिरहेको छ ।
उहाँले सुशासन र सेवालाई प्रभावकारी बनाउँदै कार्यान्वयनको लागि सरकारले एकैपटक २९ वटा कानूनलाई अध्यादेशमार्फत ल्याएको बताउनु भयो । उहाँले आर्थिक गतिविधि चलायमान र लगानीमैत्री वातावरणको लागि अध्यादेश ल्याएको उल्लेख गर्नुभयो ।
—युज एजेन्सी नेपाल