fbpx

शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन सरकारले नियन्त्रण गर्छः अर्थमन्त्री विष्णुप्रसाद पौडेल

author

समाचारपाटी

१ महिना अगाडि


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान आर्थिक प्रगतिसँग आफू सन्तुष्ट नभएको बताउनुभएको छ ।


बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुधारमा अर्थसमिति मात्रै नभएर आफू स्वयं सन्तुष्ट नभएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा समस्या भएपनि पछिल्लो समय सुधार हुँदै गएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रमा देखिएका समस्याहरु क्रमशः समाधान गर्दै गएको उल्लेख गर्नुभयो । उहाँले लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न नसकिने भन्दै अर्थतन्त्र सुधारको लागि केही समय लाग्ने बताउनु भयो । उहाँले विदेशी मुद्राको सञ्चिति,तरलता,बैंकको ब्याजदर एकल अंकमा आएको र मूल्यवृद्धि नियन्त्रणमा रहेको बताउनु भयो । उहाँले शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था रहेको दाबी गर्नुभयो । उहाँले सरकारले समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुवर्ने र त्यसका लागि सार्थक प्रयास चालिरहेको बताउनु भयो । उहाँले राजश्व परिचालनका सन्दर्भमा पनि चालु आर्थिक वर्षको तीन महिनामा १७ प्रतिशत वृद्धि गरेको बताउनु भयो ।  राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्ने बाध्यता सरकारलाई रहेको बताउनु भयो । उहाँले त्यसको लागि सरकारले राजस्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा निरन्तर काम गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अर्थतन्त्रमा समस्यामा छ, केही कठिनाइ छ । यो अस्वीकार गर्नुपर्ने विषय होइन । तर क्रमशः हाम्रा समस्या समाधान हुँदै गएका छन् र सुधारका काममा सफल हुँदै पनि गएका छौं । लामो समय लागेर थलिएको अर्थतन्त्र रातारात परिवर्तन गर्न सकिँदैन । यसका लागि केही समय लाग्छ, जुन हामीले निरन्तर प्रयास गरिरहेका छौं । हाम्रो अर्थतन्त्रका केही पक्षहरु राम्रा छन् । विदेशी मुद्राको सञ्चिति राम्रो छ । व्यालेन्स अफ पेमेन्टको अवस्था राम्रो छ । तरलताको अवस्था राम्रो छ । बैंकको ब्याजदर एकल अंकमा आएको छ । मूल्यवृद्धि नियन्त्रणमा छ । शेयर बजार लगायत अर्थतन्त्रका केही पक्षहरुमा सकारात्मक अवस्था छ । अहिलेको आर्थिक प्रगतिसँग म स्वयं सन्तुष्ट छैन यहाँहरु पनि हुनुहुन्न । सरकारले अर्थतन्त्र सुधारमा धेरै प्रगति गर्नुछ । समस्याहरुका चाङलाई एक–एक गरेर पन्छाउँदै उपलब्धीहरु आर्जन गर्नुछ । त्यसका लागि सार्थक प्रयास चाल्नुछ । राजश्व परिचालनका सन्र्दभमा पनि चालु आर्थिक वर्षको चार महिनामा राम्रो छ । राजश्वको लक्ष्य पूरा गर्न ३०÷३१ प्रतिशतको वृद्धि गर्नुपर्छ । तर गत वर्ष १० प्रतिशत वृद्धि भएकोमा यो वर्ष ३० प्रतिशत राखेको यथार्थ बिर्सनुहुन्न । तथापि, हामी यो लक्ष्य प्राप्तिका लागि निरन्तर प्रयास गरिरहेका छौं । राजश्व चुहावट, अनियमितता, अपराधजस्ता गतिविधि नियन्त्रणमा हामी निरन्तर काम गरिरहेका छौं।’


अर्थमन्त्री पौडेलले शेयर बजारमा हुने सर्कुलर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसन नियन्त्रणमा निरन्तर काम भइरहेको दाबी गर्नुभयो । उहाँले सेयरबजारमा हुने पम्पिङ एण्ड डम्पिङ, सर्कुलर ट्रेडिङ, कर्नरिङजस्ता गतिविधि नियन्त्रणमा राख्ने बताउनु भयो । उहाँले पछिल्लो समय शेयरबजार केही सुधार हुँदै गएको भन्दै नेपाल धितोपत्र बोर्डले पनि लामो समयपछि नेतृत्व पाएको बताउनु भयो । उहाँले बजारमा अनियमित काम भएको गुनासोलाई कम गर्नेगरी काम गरिरहेको बताउनु भयो । उहाँले नियमनको पाटो बलियो बनाउँदै लग्ने कार्यमा सरकार लागि परेको बताउनु भयो । उहाँले पुँजीबजारको दिगो व्यवस्थापन र प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित रहेको बताउनु भयो । उहाँले लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी रहेको भन्दै आवश्यक कानून संशोधन गरी लगानीको वातावरण बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘शेयर बजारको सन्र्दभमा धितोपत्र बोर्डको नेतृत्व लामो समय विहिन भयो । अहिले सरकारले त्यसलाई व्यवस्थापन गरेका छौं । पछिल्लो समय शेयरबजार क्रमशः अगाडि बढ्दै छ । बजारमा कुर्लर ट्रेडिङ, कर्नरिङ र म्यानुपुलेसनका विषयमा सरकारले ध्यानमा राखेको छ । पुँजीबजार क्रमशः वृद्धि हुँदै गएको छ । त्यसलाई दिगो व्यवस्थापन र प्रवद्र्धन गर्ने सरकारको ध्यान छ । यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने होइन तर दिगो व्यवस्थापनमा ध्यान दिनुपर्छ । कुनैपनि अनुचित कुरा नहुन्न भन्ने कुरामा ध्यान दिनुपर्छ । लगानीको वातावरण बनाउने कुरामा कानूनहरु अन्तरविरोधी छन् । एउटा कानूनलाई लिएर काम गर्दा अर्काे कानूनले अवरोध सिर्जना गर्दैैछ । लगानीको वातावरण बनाउने विषयमा विगतमा पनि प्रयास भएका छन् । तर सरकारले चाहेको जस्तो लगानी आउन सकेको छैन । यस विषयमा सरकारको ध्यान जान जरुरी छ । आवश्यक ऐन कानूनहरु परिमार्जन गरेर मुलुकमा लगानीको वातावरण बनाउने सोचमा सरकार छ । त्यसको लागि सरकारले गृहकार्य शुरु पनि गरेको छ । लगानीको वातावरणको निम्ति नेपालको पहिलो पटक कन्ट्री रेटिङको काम भएको छ । मुलुकका अर्थतन्त्रका सबै सूचकहरुको जानकारी लिएर त्यसको आधारमा निर्णय गरेका छन् ।’


उहाँले अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार निरन्तर लागिपरेको उल्लेख गर्नुभयो । उहाँले बैंकमा भएको तरलतालाई उत्पादनमुलक काममा लाग्नु आवश्यक रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन