fbpx

सत्ता समीकरण परिवर्तन गर्न पर्दाभित्र र बाहिर कसैले कोशिस नगरे हुन्छः उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार आगामी निर्वाचनसम्म नै कायम रहने दाबी गर्नुभएको छ ।
शनिवार रुपन्देही उद्योग संंघको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले वर्तमान सरकार पनि कतिबेला परिवर्तन होला भन्ने आशंका उब्जिएको हुनसक्ने भन्दै सरकार ०८४ सम्म नै कायम रहने बताउनु भयो । उहाँले काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहने बताउनु भयो । कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कोशिस नगर्न आग्रह गर्नुभयो । उहाँले वर्तमान सरकारको विकल्पमा कोशिस नगरे राम्रो हुने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हिजो छिनछिनमा सरकार परिवर्तन भइरहेको हुनाले यो सरकार पनि परिवर्तन हुन्छ भन्ने कतिलाई भ्रम छ । म तपाईंहरुलाई बडो आत्मविश्वासका साथ भन्छु, पछि पनि तपाईंले सोध्नुहुन्छ, मैले जवाफ दिनुपर्छ, यो सरकार, यो समीकरण, काँग्रेस—एमालेबीचको समीकरण ०८४ मा हुने निर्वाचन नहुन्जेलसम्म जारी रहन्छ । कोही कसैले कहीँ पर्दाभित्र, पर्दा बाहिर कसैले कुनै कोशिस नगरे हुन्छ, यो सरकार, यो समीकरणको सहयात्राको विकल्पमा कुनै कोशिस नगरे हुन्छ, त्यो व्यर्थको कोशिस हो । तपाईंहरुले खोजेको नीतिगत र नेतृत्वको स्थिरता यो सरकारले दिँदैछ । यो सरकारको लाभ लिने हिसावले तपाईंहरु अघि बढ्नुस्, म निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु ।’


उपप्रधानमन्त्री पौडेलले अहिले अस्थिरता सम्भव नरहेको र अस्थिरताका कुनै कोशिसहरु सार्थक हुन नसक्ने दाबी गर्नुभयो । अस्थिरतालाई मलजल हुने खालका गतिविधिमा समाचार व्यतित नगर्न आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन