fbpx

‘सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ’:- अर्थमन्त्री विष्णुप्रसाद पौडेल

author

समाचारपाटी

२ महिना अगाडि

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको बताउनुभएको छ ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले यस्तो बताउनुभएको हो । उहाँले नेपाली श्रमिकलाई भविष्यप्रति आस्वस्त तुल्याएको पनि दाबी गर्नुभयो । उहाँले समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति सरकारले धेरै काम गर्न बाँकी रहेको बताउनु भयो । उहाँले सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी रहेको बताउनु भयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई प्रभावकारी कार्यान्वयन र परिणाम दिने गरी अगाडि लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भयो । उहाँले नेपालमा सामाजिक सुरक्षाको अवधारण अघि सार्ने काम पार्टी नेकपा एमाले भएको बताउनु भयो । उहाँले एमाले नेतृत्वको सरकाले नै नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सारेको दाबी गर्दै अब व्यवहारिक रूपमा कार्यान्वयन र स्थापित गरिने बताउनु भयो । उहाँले समय क्रममा सामाजिक सुरक्षाका दायरालाई बिस्तार गर्नुका साथै त्यसमा नयाँ पन पनि ल्याइएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा तथ्य तपाई हाम्रो अगाडि छ । नेपालमा सामाजिक सुरक्षाको अवधारणा अघि सार्ने ,व्यवहारिक रुपमा कार्यान्वयन र स्थापित गर्ने नेतृत्व नेकपा एमालेले गरेको हो । नेकपा एमालेको नेतृत्वको सरकारले गरेको हो । समय क्रममा सामाजिक सुरक्षाका विधाहरुलाई मात्रै बिस्तार गरेका छैनौं । त्यसमा नयाँ विशेषतालाई पनि समाहित गर्दै अगाडि बढेका छौं । यही क्रममा योगदानमा आधारित समाजिक सुरक्षा योजना लागू गरिएको हो । राज्यको जिम्मेवारी नागरिकका प्रति छ । भन्ने शिलशिलामा सामाजिक सुरक्षाको अवधारणा अघि सारेका छौं । योगदानमा आधारित सामाजिक सुरक्षा त्यसको एउटा मौलिक र नविनतम स्वरुप हो । सामाजिक सुरक्षा अवधारणा र प्रयोगले नेपाली श्रमिकहरुलाई उत्साहित तुल्याएको छ । भविष्य प्रति आस्वस्त तुल्याएको छ । समाजिक सुरक्षाको अवधारणाको प्रभावकारी कार्यान्वयनका निम्ति हामीले धेरै काम गर्नु पर्ने छ । सामाजिक सुरक्षाको दायरामा समेटिन बाँकी रहेका सबै श्रमिकहरुलाई दायरामा समेट्न जरुरी छ । प्रभावकारी र परिणाम दिने गरी अगाडि लैजानु पर्ने आवश्यकता छ ।’

उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम राज्यको जिम्मेवारी नागरिक प्रति छ भन्ने अवधारणाको आधारमा अघि सारिएको बताउनु भयो । उहाँले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम मौलिक सोच भएको दाबी गर्नुभयो । उहाँले केपी ओली नेतृत्वको वर्तमान सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई अझ प्रभवकारी र रचनात्मक बनाउने उल्लेख गर्नुभयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२२.९६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन