fbpx

अर्थमन्त्रीको दाबीः ‘अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन्’

author

समाचारपाटी

५ महिना अगाडि

अर्थमन्त्रीको दाबीः अहिले विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न बढी इच्छुक छन् अर्थमन्त्री डा. प्रकाशशरण महतले विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न बढी इच्छुक हुँदै गएको बताउनुभएको छ ।  

बिहीवार सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन २०८१ को निर्देशक समितिको तेस्रो बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले विगतमा विदेशी लगानी कर्ताहरु नेपाल आफैँ सम्पर्कम जाँदा समेत उदासिन हुने गरेको भएपनि अहिले लगानी गर्न आफैँ खोज्दै आइरहेको बताउनु भयो । उहाँले विदेशी लगानीकर्ताहरु इच्छुक भइरहेको समयलाई नेपालले उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले वैशाख १६ रु १७ गते हुने लगानी सम्मेलनलाई ग्राण्ड सक्सेस बनाउन आग्रह गर्नुभयो । अर्थमन्त्री महतले विश्व बैंकको सहुलियत दरमा ऋण दिने संस्थाको सम्मेलन नेपालमा गर्न विश्व बैंक तयार भएको र केही दिनमै औपचारिक पत्र आउने बताउनु भयो । उहाँले सो सम्मेलन नेपालमै हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने बताउनु भयो । उहाँले सो सम्मेलनमा ९२ देशका प्रतिनिधि, वल्र्ड बैंकका प्रमुखको उपस्थिति हुने बताउनु भयो । लगानी सम्मेलनलाई सफल बनाउनसके सो सम्मेलनमा फाइदा हुने बताउनु भयो । उहाँले शुरुवातामा कर र कण्डिसनलाई केही सहज बनाएर लगानी गर्न दिनुपर्ने बताउनु भयो । लगानी सम्मेलनले नेपाली लगानी कर्तालाई पनि उत्साहित बनाउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालमा लगानी गर्नुपर्छ भनि स्वभाविक जिज्ञासा रहेको छ । उनीहरुले नै सोधिरहेका छन् । सामान्यतया यस्तो हुँदैन । हामी सम्पर्कमा जाँदा पनि उहाँहरु उदासिन देखिनुहुन्थ्यो । अहिले एउटा विशिष्ट किसिमको वातावरण बनिरहेको अवस्थामा हामीले यसलाई उपयोग गर्नुपर्छ । यसमा हामी सबै गम्भीर रुपमा लागेर यसलाई ग्राण्ड सक्सेस बनाऔँ । जुनमा वल्र्ड बैंकका सहुलियत दरमा ऋणमा दिने संस्था छ । त्यसको सम्मेलन नेपालमा गर्नको लागि वल्र्ड बैंक तयार भएको अवस्था छ । औपचारिक चिठी पनि केही दिनमा आउँछ । अहिलेसम्म नेपालमा भएको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन त्यो हुँदैछ । ९२ भन्दा बढी देशको प्रतिनिधित्व हुन्छ । वल्र्ड बैंकका प्रेसिडेन्ट लगायतको उपस्थिति हुन्छ र अन्य महत्वपूर्ण संस्थाको उपस्थिति हुन्छ । त्यो भन्दा अघि हामी लगानी सम्मेलन पनि वैशाख १६ र १७ गते गर्दैछौँ । यो उपलब्धिमुलक बनाउँदा नेपालमा वृहत मल्टिल्याटर, बाइल्याटर मात्रै होइन, निजी लगानीको दायरा पनि व्यापक रुपमा बढ्ने सम्भावना छ । यसमा हामीले अलिकति छाती फाराकिलो गर्नुपर्ने आवश्यकता छ । लगानी आयो भने त्यसबाट लिने हो । आउँदै आएन भने  के लिने ? त्यसकारण अहिले हामीले ट्याक्सका कुरा गर्छौं, यो कण्डिसन राख्नेकुरा गर्छौं, उ कण्डिसन राख्ने गर्दछौँ । आउन दिनुपर्छ । जस्तो युएईले पहिला ट्याक्स लिएन सबै आए । अहिले ट्याक्स लगाउँदा कोही पनि छोडेर जानेवाला छैनन् । त्यस्तै माहोल नेपालमा बनाउसक्छौँ । नेपाली लगानी कर्तालाई पनि उत्साहित गर्न जरुरी छ ।’

कार्यक्रममा बोल्दै नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले लगानी सम्मेलनलाई सहज बनाउन लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर अघि बढाइ संसदबाट पास गर्नुपर्ने बताउनु भयो । उहाँले लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकका रुपमा अघि बढाउनसके लगानी सम्मेलनमा सहजता आउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो प्रश्ताव अब यसलाई इण्डिभिजुअल कानून र इण्डिभिजुअल मन्त्रालयले उठाएर त्यसपछि मन्त्रीपरिषद्मा लगेर, निर्णय प्रक्रियामा लगेर पाल्र्यामेण्टमा गयो भनेदेखि एक वर्षमा पनि पार लाग्दैन की जस्तो लाग्छ । लगानी सम्मेलनका लागि केही नेपाल ऐन संशोधन भनेर भन्नुपर्छ । लगानीलाई सहजीकरण गर्ने सम्बन्धमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक भनेर केही लैजान सकियो भने राम्रो हुन्छ । लगानीसँग सम्बन्धित बेसिकल्ली उद्योग मन्त्रालय हुन्छ । उद्योग मन्त्रालयले यो विषय इनिसेटिभ गरेर लैजान सकियो भने एकै पटक पास गर्न सकिन्छ ।’

बैठकमा निर्देशक समिति बैठकको निर्णय कार्यान्वयन प्रगति सम्बन्धमा भएका कामकारबाहीको बारेमा जानकारी गराइएको थियो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो