fbpx

‘कृषि व्यवसाय, पर्यटन र आईटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउने निश्चित छ’:-अर्थमन्त्री

author

समाचारपाटी

१0 महिना अगाडि

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको बताउनुभएको छ । मंगलवार चितवनमा आयोजित ‘१७ औं चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८०’ को उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो । अर्थमन्त्री महतले विभिन्न तथ्यांकहरुले पनि अर्थतन्त्र सकारात्मक बाटोमा गईरहेको देखाएको उल्लेख गर्दै त्यसलाई उपयोग गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी रहेको पनि बताउनु भयो । उहाँले जलविद्युत, कृषि, पर्यटन र सूचना प्रविधिको क्षेत्रबाट मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउन सकिने दोहोर्याउनु भयो । अर्थमन्त्री महतले देश भित्रै केही गर्न युवाहरुलाई पनि आह्वान गर्नुभयो । नेपालमा केही छैन भन्ने सोचेर बाहिर जाने भन्दा पनि नेपालमा केही गर्न सकिन्छ भन्ने सोच युवाहरुले राखेर अघि बढनुपर्ने उहाँको भनाई थियो । देशमा धेरै गर्न बाँकि रहेकाले अवसर पनि यही रहेको उल्लेख गर्दै अर्थमन्त्री महतले सो अवसरलाई उपयोग गर्न युवा उद्यमीहरुलाई आग्रह गर्नुभयो । उहाँले चितवनको पर्यटन क्षेत्रमा थप आकर्षण थप्नका लागि पूर्व–पश्चिम राजमार्ग ६ लेन र जंगल क्षेत्र ४ लेनको बिस्तार गर्ने कार्यलाई सरकारले तत्काल अघि बढाउने घोषणा गर्नुभयो । 

मन्त्री महतले भन्नुभयो, ‘अब आर्थिक डेटाहरुले, तथ्यांकहरुले अव अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको छ । यो अवसरलाई ग्रयाप गर्नुपर्छ भन्ने भाष्यलाई अगाडि बढाउन जरुरी छ भन्ने मलाई लाग्छ । त्यो भयो भने नेपालको अर्थतन्त्रले एउटा जम्फ स्टार्ट गर्छ । यहाँको हाईड्रो पावर, एग्री विजनेस, कृषि व्यवसाय, पर्यटन र आईटी सेक्टरले मुलुकको अर्थतन्त्रलाई माथि पुर्याउने निश्चित छ । यही अवसरहरु छन् । म युवाहरुलाई पनि अनुरोध गर्न चाहन्छु–नेपालमा केही पनि छैन भन्ने किसिमले सोच्यो भने केही पनि देखिँदैन । देशभित्रै खुशीयाली सृजना गर्न सकिन्छ । यो देशमा धेरै गर्न बाँकि भएको हुनाले अवसर पनि यही देशमा छ । त्यो अवसरलाई युवा पिँढीले ग्रयाप गर्न, उद्यमीहरुले त्यो अवसरकालाई उपयोग गर्न पनि म अनुरोध गर्न चाहन्छु । जहाँसम्म यो पूर्व चितवनको कुरा छ । अब हामी यो इष्ट–वेष्ट हाईवे ६ लेनको गर्दैछौं । र पश्चिमी चितवनमा त थोरै भाग इष्ट–वेष्ट हाईवेको पर्छ । त्यसमा करिव बनिसकेको छ । अब पूर्वी चितवनमै लगानी हुन्छ । ६ लेन र जंगल क्षेत्रमा ४ लेनको बाटो बिस्तार गर्ने कुरालाई हामी अगाडि बढाउछौ । त्यसले पनि यहाँको यातायाताको असहजतालाई कम गर्ने, आवतजावत सहज हुने, लागत कम हुने कुरा सुनिश्चित गर्छ । र, त्यसले यहाँको पर्यटन पनि मद्दत गर्छ । यहाँबाट हेटौंडा ६ लेन, ४ लेन हुने बित्तिकै त्यहाँबाट दु्रतमार्ग जोडिएपछि मलाई लाग्छ–डेढ घण्टामै पूर्वी चितवन आउने परिस्थिति निर्माण हुन्छ । त्यसले पनि यहाँको पर्यटन व्यवसायलाई अगाडि बढाउँछ । र चितवन र पूर्वी चितवनको आकर्षणलाई बढाउँछ भन्ने कुरामा दुईमत छैन । निकुञ्जसम्बन्धि ऐन परिमार्जन हुन्छ । आएको पैसा उतै जाने विधिलाई हामी मान्दैनौं । किनकी यो कामको विषयमा पनि नेपालमा भएको हो भन्ने मलाई लागेको छ । नेपालको वर्तमान अवस्थामा यो कुरा पनि भएको छ । फेरि पनि समस्या भएको छ । ’

त्यस अवसरमा अर्थमन्त्री महतले निकुञ्जसम्बन्धि पुरानो ऐन सरकारले संशोधन गर्ने आश्वासन समेत दिनुभयो ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन