fbpx

‘आइटी क्षेत्रमा निर्यात वृद्धि भइरहेको छ, अझ बढ्ने अवस्था छ’:-डा. प्रकाशशरण महत

author

समाचारपाटी

१0 महिना अगाडि

अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताउनुभएको छ । शनिवार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.महतले यस्तो बताउनुभएको हो । उहाँले युवाहरुको हरेक सपना पूरा गर्ने अवसर नेपालमा रहेको भन्दै सपना पूरा गर्न विदेशमा नै जानुपर्छ भन्ने मानसिकताबाट बाहिर आउन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको क्षेत्रको विकास गर्न बाँकी रहेकाले युवाहरुलाई मुलुकभित्रै अवसर नै अवसर रहेको उल्लेख गर्नुभयो । उहाँले कक्षा १२ अध्ययन सकेर विदेशै जानुपर्छ भन्ने मान्यतालाई अब युवाहरुले नै सचेतना अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भए मात्रै नेपाली युवाले अवसर पाउने बताउनु भयो । उहाँले नेपालमा केही काम छैन र विदेशमा मात्रै छ भन्ने नकारात्मक मानसिकता तोड्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाल भित्रै केही गर्न सकिन्छ भन्ने हिसावमा युवाहरुले सुक्ष्मदृष्टिले हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्टार्टअप उद्योगको लागि सरकारले बजेटमार्फत सहुलियत समेत दिएको बताउनु भयो। अर्थमन्त्री महतले नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले युवाहरु सो क्षेत्रतर्फ लाग्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको आइटी विदेशमा निर्यात भइरहेको भन्दै आगामी दिनमा निर्यात अझ बढ्ने अवस्था रहेको बताउनु भयो । उहाँले सरकारले पनि आईटी क्षेत्रको प्रवद्र्धन गर्दै लैजाने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘आइटी क्षेत्रमा निर्यात वृद्धि भइरहेको छ । अझ बढ्ने अवस्था छ । आइटीको मुलुकभित्र संस्थागत विकासमा युवाहरुको ठूलो भुमिका हुन्छ । पछिल्लो समय युवाहरु विदेश जाने प्रणाली विकास भएको छ । त्यसलाई रोक्न पनि आइटी क्षेत्रको प्रवद्र्धन गर्न आवश्यक छ । अहिले ४० प्रतिशत भन्दा बढी युवा आइटी क्षेत्रमा जोडिनुभएको छ । आइटीमा लागेका  युवाहरुले अरु युवाहरुलाई पनिसँगै लिएर जानु मेरो अनुरोध छ । अध्ययनको लागि पूर्ण छात्रवृत्ति आउँछ भने अध्ययनको लागि जान आवश्यक हुन्छ । तर कुनै छात्रवृति छैन र आकर्षण रुपमा विज्ञापन गरेको आधारमा युवाहरु विदेश गइरहेका छन् । त्यहाँ गएकाहरुको बेहाल छ । विदेशमा सबैको लागि सहज छैन । अहिले १२ कक्षादेखि बाहिर जाने क्रम चलेको छ । युवाहरुले नै यसलाई रोक्नु अग्रसर हुनुपर्छ । विदेशमा गएकाहरु सबैको राम्रो अवस्था नभएको भन्दै विदेश जान रोक्न सचेतना अभियान युवाहरुले गर्नुपर्छ । नेपालमा नै धेरै अवसरहरु छन् । ठूला विकसित देशमा ठूलो नयाँ इनोभेसन भयो भने मात्रै अवसर हुन्छ । त्यहाँ धेरै अवसर हुँदैन । नेपालमा अझै धेरै गर्न बाँकी भएको हुनाले धेरै अवसरहरु पनि नेपालमा नै छ । अहिले नेपालमा केही काम छैन । विदेशमा मात्रै छ भन्ने नकारात्मक माइन सेनमा प्रचार भइरहेको छ । युवाहरुको सपना पूरा गर्ने अवसरहरु नेपालमा नै छ । सुक्ष्मदृष्टिले हेर्न आवश्यक छ । दृष्टिकोण नै बाहिर जाने राखेर हेर्नु भएन । अर्थतन्त्र सुधार हुँदै गएको छ । जम्मा भएको पुँजीलाई चलमायन बनाउन आवश्यक छ। सरकारले मौद्रिक र आर्थिक नीतिमा प्राथमिकताको आधार खुला गर्दै गएको छ ।’

उहाँले विभिन्न समस्याबाट गुज्रिएको अर्थतन्त्र सकारात्मक रुपमा सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको भन्दै अब जम्मा भएको पुँजीलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै सरकारले त्यही विषयमा केन्द्रित रहेको बताउनु भयो ।


काठमाडौं

शुक्रबार, अशोज २५, २०८१

२६.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने