अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्र आर्थिक रूपान्तरणको वाहक भएको दाबी गर्नुभएको छ । मंगलवार काठमाडौंमा १५ औँ संस्करणको नाडा अटो शो, २०२३ उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमशिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव रहेको भन्दै त्यो पनि निजी क्षेत्रले गर्नसक्ने बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य र सामाजिक न्याय बाहेक अन्य गतिविधिमा आर्थिक उपार्जन गर्न निजी क्षेत्रको अहं भुमिका हुने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले राज्यको निर्णायक भूमिका सरकारसँग भएका साधन स्रोत प्रयोग गरी ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नुभएको बताउनु भयो । उहाँले सरकारले निजी क्षेत्रलाई उच्च महत्व दिइरहेको दाबी गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रमा समस्या भए पनि अर्थतन्त्रको समस्या धेरै समय नरहने उल्लेख गर्नुभयो । अर्थमन्त्री महतले मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै सुधार हुँदै गएको बताउनु भयो । उहाँले आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेको भन्दै पछिल्लो समय मुलुकको वाह्य मुद्राको सञ्चिति सुधार,पर्यटन वृद्धि भएको धारणा राख्नुभयो । उहाँले घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्या रहेको भन्दै अब बिस्तारै समस्या समाधान हुने विश्वास रहेको उल्लेख गर्नुभयो । उहाँले अर्थतन्त्र सहजबाटोमा जाने गरी निजी क्षेत्रले पनि बहस थाल्नु आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ निजी क्षेत्र नै आर्थिक रुपान्तरणको वाहक, इन्जिन हो भन्ने कुरामा विश्वास राख्छ । हरेक नागरिकको क्षमता,सिर्जना,सम्भावना र उद्यमसिलताको पूर्ण उपभोगिताबाट मात्रै मुलुकको आर्थिक वृद्धि सम्भव छ । सरकारको जिम्मेवारी सहजकर्ताको भूमिका नियमनकारी,प्रतिष्पर्धी बनाउने,कानूनी राज्य लागू गर्ने र सामाजिक आर्थिक पूर्वाधार निर्माण गर्ने भुमिकामा सामान्यतया निजी क्षेत्र आउन हिच्किचाउँछ । सडक यातायातका कुरामा र न्युनतम दरमा शिक्षा र स्वास्थ प्रदान गर्ने विषय बाहेक अन्य सबै क्षेत्रमा निजी क्षेत्रको भुमिका प्रमुख हो । राज्यको निर्णायक भुमिका भनेको राज्यको साधन स्रोत ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नु राज्यको दायित्व हो । सरकारले निजी क्षेत्रको महत्वलाई उच्च महत्व दिएका छौं । मुलुकको अर्थतन्त्रमा समस्या छ भन्ने विषयमा दुई मत छैन । अर्थतन्त्रको समस्या धेरै समय रहँदैन । समस्याहरु कम हुँदै गएका छन् । मुलुकको आर्थिक गतिविधिहरु बिस्तारै अगाडि बढ्छ । आर्थिक गतिविधिहरु अगाडि बढ्ने संकेतहरु देखापरेका छन् । मुलुकको वाह्य मुद्राको सञ्चिति सुधारउन्मुख छ । विगतको जस्तो श्रीलंकाको बाटोमा जाने अवस्था छैन । पर्यटन क्षेत्र अगाडि बढ्छ । घर जग्गा,शेयर बजार र अटो बजारमा केही समस्याहरु थिए । जग्गा कित्ताकाटको समस्या समाधान भएको छ । जग्गा कारोबार बिस्तारै बढ्छ । अटोमोवाइलको गतिविधि पनि बढ्छ । अर्थतन्त्र सहजबाटोमा जाने बहस थाल्नुपर्छ । त्यसले आत्माविश्वास पढ्छ । अर्थतन्त्रमा पैसा नभएको होइन । पैसा चल्न सकेको छैन घुम्न जरुरी छ ।’
अर्थमन्त्री महतले पहिले सवारी साधनलाई विलासीताका साधन मान्नेर ट्याक्स लगाउने गरिएको भएपनि अब त्यस्तो सोच्न राख्न आवश्यक नरहेको बताउनु भयो । उहाँले पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो क्रममा रहेकाले सरकारले यसको प्रयोगमा सहज नीति अंगिकार गरिरहेको उल्लेख गर्नुभयो । उहाँले मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले सवारी उत्पादन तथा एसेम्बलिङ उद्योगका लागि सरकारले सहुलियत तथा प्रोत्साहन गरिरहेकोमा व्यवसायीहरुले यो अवसर सदुपयोग गरेर आर्थिक उत्पादनमा लाग्नुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्या भएको भन्दै नियमनकारी निकायले शेयर बजार,चालु पुँजीकर्जामा विभिन्न सीमाहरु तोक्न आवश्यक नरहेको बताउनु भयो । उहाँले नियमनकारी निकायहरुले हरेक सानो–सानो विषयमा निर्देशन गर्न आश्यकता नरहेको भन्दै त्यस्ता निकायहरुले गाईड लाइन मात्रै दिएर निजी क्षेत्रले उठाएका मागहरु सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘निजी क्षेत्र नियमनकारी निकायहरुको नीतिको कारण समस्यामा छौं भन्नुभएको छ । त्यसमा केही जाहेज आधारहरु पनि मैले देखेको छु । शेयर बजार,चालु पुँजीकर्जामा विभिन्न सीमाहरु तोकेको विषय होस् । सरकार र नियमाक निकायहरुले हरेक सानो–सानो इसुमा निर्देशन गर्ने आश्यकता छैन । नियमनकारी निकायले गाईट लाइन दिने हो । निजी क्षेत्रले उठाएका मागहरु सम्बन्धित क्षेत्रले सम्बोधन गर्नुपर्छ । अटोमोवाइलहरुमा कर कम गर्नु पर्ने कुरा आएको छ । यो विद्युतीय सवारी साधनमार्फत हुन्छ । विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि चार्जिङ स्टेशनहरु वृद्धि सरकारले गरिहेको छ । सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजानुपर्छ । अटो मोबाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार लाग्छ । अटोमोवाइल डिलर एशोसिएशनलाई उत्पादन एशोसिएशन बनाउन आवश्यक छ ।’
उहाँले विद्युतीय सवारी साधनमार्फत अटोमोबाइल क्षेत्रको कर कम गर्न सकिने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनलाई सहज बनाउनको लागि सरकारले चार्जिङ स्टेशनहरु वृद्धि गरिहेको बताउनु भयो । उहाँले अब सार्वजनिक र ढुवानीका सवारी साधनहरुलाई पनि विद्युतीय सवारीको रुपमा लैजान आवश्यक रहेको बताउनु भयो । अर्थमन्त्री महतले अटो मोवाइल क्षेत्रमा देखिएका समस्याहरु सामधान गर्न सरकार तयार रहेको बताउनु भयो ।