fbpx

काँडेतार देशप्रेमीको सिनेमा फागुन २५ मा रिलिज

author

समाचारपाटी

९ महिना अगाडि

पोखरा । पोखरा आएर नवल खड्काले काँडेतार देशप्रेमीको सिनेमा भएको बताउनुभएकाे छ । चलचित्र पत्रकार संघ कास्कीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएकाे हाे । फागुन २५ गतेबाट प्रदर्शन हुने सिनेमा काँडेतारको प्रचारप्रसारका लागि पोखरा आउनुभएका उहाँले काँडेतार हर देशप्रेमीले हेर्ने कथा भएको बताउनुभयाे ।

“काँडेतार नेपालीको कथा हो । यसमा हाम्रो सिमाना रक्षाका विषयहरु उठान गरिएको छ । माटो र मान्छे जोगाउने उद्देश्यले सिनेमा निर्माण गरिएको हो ।”, उहाँले भन्नुभयाे । ६० वर्षको इतिहासमा काँडेटार जस्तो सिनेमा नबनेको दाबी खड्काको छ ।
आफु देशको सच्चा नागरिक भएकाले पनि राष्ट्र र राष्ट्रियता जोगाउने बाटोमा अग्रसर रहेको उहाँले बताउनुभयाे । राष्ट्रप्रेमी भएकाले पनि राष्ट्रवादी विषयहरु उठान गर्न खड्कालाई मन पर्छ । खड्काकै निर्देशनमा काँडेतार बनेको हो । जसमा अभिनय समेत उनकै छ । निर्माता, निर्देशक र अभिनेताका रुपमा उहाँलाई काँडेतारमा देख्न सकिन्छ । यसअघि उहाँले दशगजा, भीमदत्त जस्ता सिनेमा निर्माण गरिसक्नुभएकाे छ ।

चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका खड्काले सेन्सरबाट पास भएको सिनेमा काँडेतारलाई प्रदर्शन गर्न विरगञ्जमा लगाइएको रोकलाई राष्ट्रघाती कदम भएको उल्लेख गर्नुभयाे । “नेपालको माटो र नेपालीपनलाई जोगाउने हेतुले काँडेतार निर्माण गरिएको हो । हरेक नेपालीको कथा हो यो । सेन्सर भइसकेको सिनेमा देखाउन हामी ठाउँठाउँमा पुगिरहँदा विरगञ्जमा रोक लगाइयो । यो कदम नै राष्ट्रघाती छ ।”, उहाँले भन्नुभयाे ।

देश जोगाउन काँडेतार महत्वपूर्ण साबित हुने विश्वास उहाँको छ । खड्काले नेपालका नेताहरु भारतबाट परिचालित भएको समेत उल्लेख गरे । “तालाचाबी उता छ अनि कसरी बन्छ यो देश”, उहाँको गुनासो छ । खड्काले अहिले ठाउँठाउँमा पुगेर च्यारेटी शो गरिरहेका छन् । ७० भन्दा बढी च्यारेटी शो सम्पन्न भइसकेको काँडेतारको पोखरामा भने माघ १३ गते बिहान ११
बजे विशेष च्यारेटी शो हुँदैछ । बाराही “ख” तेर्सापट्टीमा हुने च्यारेटी गरिब, जेहेन्दार र असहाय विद्यार्थीहरुका लागि छात्रवृति प्रदान गर्ने उद्देश्यले राखिएको हो । मनिलाल प्रतिष्ठान माछापुच्छे ९ को आयोजनामा हुने च्यारेटीको टिकट १ हजार रुपैयाँ तोकिएको छ ।

पत्रकार सम्मेलनमा नायक प्रशान्त यादव, निर्माता अन्जु केसी, च्यारेटी शोका आयोजक संस्थाका अध्यक्ष रामहरी गुरुङ लगायतले बोलेका थिए । सिनेमा प्राविधिक पक्षबाट पनि बलियो बनेको दाबी निर्माण पक्षको छ । काँडेतारमा नवल खड्का,
गौरव पहारी, सुरबिना कार्की, रेबिका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन