fbpx

साहित्यकारहरूका लागी चलचित्र ‘निरमाया’ को विशेष शाे

author

समाचारपाटी

२ years अगाडि

काठमाडौँ। नेपाल स्रष्टा समाजले चलचित्र विकास बोर्डको हलमा चलचित्र 'निरमाया' को विशेष प्रदर्शन गर्‍यो।साहित्यकारहरूका लागि प्रदर्शन गरिएको यस चलचित्रमा जातीय विभेद, कुप्रथा र छुवाछुतको विषय समेटिएको छ। समान र सभ्य समाजको निर्माण, नैतिक सन्देश, फरक दृष्टिकोणको अन्त्य, उचनिचको फरक हटाउनुपर्ने जस्ता विषयलाई चलचित्रमा देखाइएको छ। कला र शिपको राम्रो संयोजन रहेको ''निरमाया'' मा महिला र पुरुष दुई जातिमात्र रहेको र सबैको रगत रातो हुने सन्देश दिइएको छ। चलचित्रको कथा मनछुने मार्मिक र सन्देशमुलक रहेको छ।

चलचित्र हेरी सके पश्चात वरिष्ठ साहित्यकारहरु तुलसी दिवस, नगेन्द्रराज शर्मा, राधेश्याम लेकाली, राजेन्द्र शलभ, पवन आलोक, श्रीओम श्रेष्ठ रोदन, डा. दामोदर पुडासैनी, मधु पाठकलगायतले आआफ्नो प्रतिक्रिया व्यक्त गरेका थिए ।

अनन्तप्रसाद तिमल्सिना प्रस्तुतकर्ता रहेको चलचित्रमा रमेश कोइरालाको निर्देशन छ । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुनुहुन्छ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारि,अनीता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ ।

रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गर्नुभएकाे हाे भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो ।


काठमाडौं

आइतवार, माघ २७, २०८१

१९.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर