‘हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ’:-भुवन केसी

author

समाचारपाटी

१ year अगाडि

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली कला क्षेत्रलाई अवहेलना गरिएको बताउनुभएको छ । बिहीवार सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को उद्घाटन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र अवहेलित रहेको बताउनु भयो । उहाँले कलाकारलाई देशको गहना भन्ने गरिएपनि यथार्थमा चलचित्र क्षेत्रलाई अघि लैजानका लागि सहयोग नभएको बताउनु भयो । उहाँले निफ सञ्चालनका लागि चलचित्र विकास बोर्डले गरेको आर्थिक सहयोग पर्याप्त नभएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘हाम्रो देशमा नेपाली सिनेमा क्षेत्र, नेपाली कला क्षेत्र असाध्यै अवहेलित छ । भन्नका लागि देशको गहना कला, संस्कृति भनिन्छ । यथार्थमा यो क्षेत्रलाई अघि लैजानका लागि त्यति सहयोग भएको देखिएन । यो बडो दुःखका साथ भन्नुपर्छ । यस्तो भव्य कार्यक्रमले, संसारभरका फिल्म मेकर्स आउनुभएको छ, यो कार्यक्रम जति हेर्दा सजिलो लाग्छ कार्यक्रम आयोजना कति गाह्रो छ भन्नेकुरा कल्पना भन्दा बाहिर छ । चलचित्र विकास बोर्डले हामीले सकेको, हाम्रो क्षमताअनुसारको पैसा सहयोग गर्दै आएको छ । त्यो कलापि पर्याप्त होइन । यसका लागि अझ धेरै काम गर्नुपर्छ । सरकारले नै वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर छुट्टै बजेट देओस् भन्ने मेरो पनि माग छ ।’

अध्यक्ष केसीले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सञ्चालनका लागि वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याउन आवश्यक रहेको बताउनु भयो ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन