काठमाण्डौं l त्रिभुवन आर्मीलाई हराउँदै फिदिम स्पोर्टिङ क्लब फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा पुगेको छ । आज नियमित समयको खेल बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा फिदिमले आर्मीलाई ४–२ गोलले हराएर सेमिफाइलनमा पुगेको हो ।
शनिवारदेखि शुरु भएको प्रतियोगिता पुस १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले १० लाख पाँच सय ५५ तथा उपविजेताले पाँच लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान विद्युतीय स्कुटर तथा विधागत रूपमा उत्कृष्ट खेलाडीले समेत पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा ’ए’ डिभिजन लिगका चार वटा क्लबसहित १० टिमको सहभागिता रहेको छ ।