fbpx

फ्रान्समा प्रतिस्पर्धा गरेका मोटर स्पोर्टस्का खेलाडीलाई नासाले गर्यो सम्मान

author

समाचारपाटी

२ years अगाडि

काठ्माण्डौ । मोटर स्पोर्टस्को अन्तराष्ट्रिय महासंघ (एफआइए) ले आयोजना गरेका विश्व मोटर स्पोर्टस् च्याम्पियनसिप–२०२२ मा नेपालबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा टिम सदस्यलाई नेपाल अटोमोबाइल एसोसिएसन (नासा) ले बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ‘एथ्लेट्स् अवार्ड’ प्रदान गरेको छ ।

गत २६ अक्टोवरमा फ्रान्सको मार्सेली शहरमा सम्पन्न ओलम्पीक फर्मयाटको सो प्रतियोगीतामा नेपाल पहिलोपटक सहभागी भएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा मोटर स्पोर्टस् खेलाडीहरु अनिलकुमार बराल,दिप्रश शाक्य र जिस्वान तुलाधर तथा खेल ब्यवस्थापनका तर्फबाट यदुराम लामीछाने र सिर्जना बराललाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएकाे थियाे ।

बिश्वमा ९० देशका एक हजार भन्दा बढी खेलाडी उपस्थित भएको सो खेलमा नेपालबाट सहभागी खेलाडीहरुले नेपालको झण्डा फहराउँदै मार्चपासमा गर्नुभएकाे थियाे । मोटर स्पोर्टसका बिभिन्न १७ बिधामा प्रतिस्पर्धा भएको प्रतियोगीतामा टोली कप्तान
अनिलकुमार बराल र खेलाडी जिस्वन अटो स्लालम बिधामा हुनुहुन्थ्याे भने अर्का खेलाडी दिप्रशले कार्टिङ बिधामा स्पर्धी हुनुहुन्थ्याे ।

भौतिक पूर्वाधार एवं प्रयाप्त प्रशिक्षणको अभावका बाबजुद पनि मोटर स्पोर्टस्मार्फत अन्तराष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरेकोमा प्रोत्साहन स्वरुप खेलाडीहरुलाई सम्मान गरिएको नासाका अध्यक्ष दशरथ रिसालले जानकारी दिनुभयाे ।

उहाँले बिश्वकप सरहको प्रतियोगीतामा प्रतिस्पर्धा गर्न पाउनु गौरवको बिषय भएको बताउँदै खुशी ब्यक्त गर्नुभयाे । खेलाडी दिप्रशले पहिलोपटक भए पनि आफुहरुले स्तरिय प्रदर्शन गरेको बताउँदै सम्बन्धित निकाय,सरोकारवाला र सबैको साथ भएमा
आगामी दिनमा नेपालले यो खेलबाट पनि पदक भित्र्याउने बिश्वास ब्यक्त गर्नुभयाे ।

उहाँले च्याम्पियनसीपमा आफुहरुको प्रदर्शनको अन्य देशका खेलाडी तथा प्रशिक्षकले समेत तारिफ गरेको स्मरण गर्नुभयाे ।
मन्त्री श्रेष्ठले मोटर स्पोर्टस् खेल र खेलाडीको प्रशिक्षण,बिकास तथा सम्बद्र्धनमा सरकारले उचित सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयाे । कार्यक्रममा नासाका बरिष्ट सल्लाहकार तथा वल्र्ड काउन्सिलका सदस्य गोबिन्द भट्टराई,बरिष्ट पत्रकार टीकाराम यात्री, एथ्लेटिक्स कमिसनका प्रमुख उपेन्द्र प्याकुरेल तथा सचिव कृष्ण पौडेललेले मोटर स्पोर्टस्को बिकासका लागि सबै पक्षबाट चासो देखाउनु पर्ने बिचार राख्दै खेलाडीहरुलाई बधाइ तथा शुभकामना ब्यक्त गर्नुभएकाे थियाे ।


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन