fbpx

काठमाडौंवासिलाई फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालद्वारा निम्ता

author

समाचारपाटी

१ year अगाडि

पोखरा। यही चैत २९ गतेबाट पोखरामा संचालन हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सवमा सहभागिताका लागि होटल संघ पोखरा नेपालले काठमाडौंवासिलाई निमन्त्रण प्रदान गरेको छ ।

संघले हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ बर्षलाई धुमधामका साथ मनाउन लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म आयोजना हुने महोत्सवमा भाग लिन राजधानीवासीलाई आग्रह गरेको हो । पर्यटन, संस्कृति र खानालाई जोड दिएर आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको सो अवसरमा जानकारी दिएकाे हाे ।

संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवका अवसरमा प्रकाशित दररेटमा संघ अन्तर्गतका होटलले २० प्रतिशत छुटको समेत घोषणा गरेको जानकारी दिनुभयाे । नेपाली नयाँ वर्ष महोत्सवले कोभिड– १९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्दै लयमा ल्याउने अपेक्षा अध्यक्ष सुवेदीले व्यक्त गर्नुभयाे । अहिले पोखरामा होटलको अकुपेन्सी ८० देखि ९० प्रतिशत हुनुपर्नेमा मुश्किलले ३० प्रतिशत रहेको उहाँले सुनाउनुभयाे ।

पृथ्वी राजमार्गको सुस्त र अव्यवस्थित स्तरोन्नती तथा गत माघ एक गते पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाले पोखराको पर्यटन सुस्ताउन पुगेको जानकारी पनि उहाँले दिनुभयाे । सन् २०२० मा भ्रमण बर्ष मनाउने नाममा सरकारले व्यवसायीलाई होटल क्षेत्रमा लगानी थप्न उक्साउँदा अहिले व्यवसायी समस्यामा परेको गुनासो पनि उहाँले गर्नुभयाे । यसैगरी बैंकले पनि ऋण लिन जोडबल गर्दा र सात प्रतिशतको व्याज अहिले मनोमानी रुपमा १६ प्रतिशत पुर्याउँदा होटल क्षेत्र मारमा परेको अध्यक्ष सुवेदीले बताउनुभयाे ।

होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीणवहादुर पाण्डेले पोखरालाई साहसिक पर्यटनको राजधानीको रुपमा विकास गरिनुपर्ने सुझाव राख्नुभयाे । पर्यटन व्यवसायले विदेशी मुद्रा भित्र्याउन मद्दत गर्ने स्मरण गराउँदै उहाँले यो क्षेत्रलाई उद्योग सरहको मान्यता सरकारले दिनुपर्ने माग राख्नुभयाे । पर्यटनको विकास भयो भने अन्य धेरै क्षेत्र लाभान्विन हुने पनि उहाँले बताउनुभयाे ।

संघका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष भरतराज पराजुलीले कला र संस्कृतिको जगेर्ना नै फेवा महोत्सवको मूल उद्धेश्य भएको बताउनुभयाे । नेपाली परम्परा जोगाउन महोत्सव सहयोगी हुने बताउँदै उहाँले महोत्सवका अवसरमा राम्रो कारोबार भई आर्थिक क्षेत्र चलायमान हुन मद्दत पुग्ने भनाई पनि राख्नुभयाे । महोत्सवका अवसरमा झण्डै ५० हजार पर्यटकले लेकसाइडको भ्रमण गर्ने अनुमान पनि उहाँले सुनाउनुभयाे । पत्रकार सम्मेलनको संचालन संघका महासचिव एवं प्रचार संयोजक राजेन्द्र ढकालले गर्नुभएकाे थियाे । बाह्रसिंगे वियर महोत्सवको प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहप्रायोजक रहेका छन् । नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने कार्यक्रमलाई पोखरा महानगरपालिकाले सघाएको छ ।


काठमाडौं

बुधबार, जेष्ठ ९, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा