फेवा नब वर्ष महोत्सव सफल पार्ने होटल संघ पोखरा नेपालकाे प्रतिवद्धता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । यही चैत २९ गतेबाट सुरु हुने फेवा नब वर्ष महोत्सवमा सुरक्षा र छुटको विषयलाई विशेष ध्यान दिन विभिन्न पर्यटकीय संघसंस्थाले सुझाव दिएका छन् ।

आयोजक होटल संघ पोखरा नेपालले शुक्रबार महोत्सवका बारेमा सुझाव र सल्लाह लिन आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीले सुरक्षाको विषय संवेदनशिल भएको भन्दै महोत्सवमा कुनै अप्रिय घटना नहोस् भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव राख्नुभयाे । यसैगरी महोत्सवकै समयमा रेष्टुरा र होटलमा खानबस्न तथा अन्य पर्यटकीय सेवामा के कस्तो छुट र सहुलियत छ भनी व्यवसायीले जिज्ञासा राखेका थिए ।

चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्म फेवा नव वर्ष महोत्सव हुँदै छ । कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा ६ का अध्यक्ष विष्णुवहादुर भट्टराईले संघमा दर्ता नभएका होटलले महोत्सवको अवसरमा महंगो शुल्क अशुल्दा गलत सन्देश गएको अनुभव सुनाउनुभयाे । मुनाफा कम गरेर भए पनि यस्तो बेला उपभोक्तालाई छुट दिनसक्नुपर्ने सुझाव उहाँले राख्नुभयाे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले फेवा महोत्सव एउटा ब्राण्डकै रुपमा स्थापित भइसकेको बताउँदै यसलाई अझै परिस्कृति र वृहत ब्राण्डिङ गरेर अगाडि बढ्नुपर्ने सुझाव राख्नुभयाे । सकेसम्म होटलहरुले कोठाको मूल्य पहिला नै सार्वजनिक गरेर प्रिबुकिङको सुविधा दिन सके राम्रो हुने सुझाव पनि उहाँले राख्नुभयाे । सामाजिक संजाल र अन्य डिजिटल माध्यमबाट प्रचारप्रशारको कामलाई तिव्रता दिनुपर्ने उहाँले बताउनुभयाे ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले फेवा महोत्सव सबै पोखरेलीको महोत्सव भएको बताउँदै यसको सफलताका लागि सम्पूर्ण पोखरेलीले हातेमालो गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयाे । संघ अन्तर्गतका होटलहरुले कोठाको मुल्यमा विगतमा जस्तै २० प्रतिशत छुटको व्यवस्था गरेको जानकारी पनि उहाँले गराउनुभयाे । रेवान पोखरासँग सहकार्य गरेर नै आफूहरुले महोत्सवलाई अगाडि बढाउन लागेको पनि उहाँले सुनाउनुभयाे । खाना, संस्कृति र पर्यटनलाई मुख्य जोड दिएर पर्यटन प्रवद्र्धन गर्ने तथा कोभिड– १९ बाट अफ्ठ्यारोमा परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य महोत्सवले लिएको उहाँले बताउनुभयाे । पृथ्वी राजमार्गको जारी स्तरोन्नती कार्य र केही महिना अघि पोखरामा भएका जहाज दुर्घटनाले सिजनकै समयमा अहिले होटलको अकुपेन्सी निकै घटेको जानकारी पनि उहाँले दिनुभयाे । निःशुल्क प्रवेशको व्यवस्था रहेको महोत्सव अन्तर्गत चार नम्बर स्ट्रिट अगाडि र सेन्ट्रल प्यवान्टमा स्टेज स्थापना गरी सांस्कृतिक कार्यक्रम अयोजना हुने छन् । उद्घाटनको दिन झाँकी र र्याली निकालिने छ ।

कार्यक्रममा सुझाव राख्दै टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले फेवा महोत्सवले पोखराको ब्राण्डिङमा सघाउ पुगेको बताउनुभयाे । नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले पोखरामा पर्यटकको बसाई लम्ब्याउनेतर्फ जोड दिनुपर्ने बताउँदै कनेक्टिभिटीको पाटोलाई ध्यान दिन सुझाव राख्नुभयाे । आयोजक संघका उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले लेकसाइड क्षेत्रलाई साँझको समयमा स्थायी रुपमा उज्यालो बनाउन वडाले पहल अगाडि बढाउनुपर्ने र यसमा व्यवसायीको सहयोग रहने भनाई राख्नुभयाे । पार्किङ व्यवस्थित गर्न, डिजिटल बोर्डमा सांस्कृति कार्यक्रम देखाउन, होटलको प्याकेज ल्याउन, लेकसाइड झलमल पार्न, ठाउँठाउँमा सेल्फि बोर्ड राख्न, खानाको मूल्य र हाइजिनमा ध्यान दिन पनि सो अवसरमा सुझाव राखियो ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का सचिव हरि भुजेल, नेपाल पर्वतारोहण संघ गण्डकीका सदस्य शेषकान्त शर्मा, गाउँ पर्यटन प्रवद्र्धन मञ्च गण्डकीका अध्यक्ष उदय सुवेदी, महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष उमा रेग्मी भण्डारी, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष बाबुराम पाण्डे, परिषद्का सदस्य जीवनराज सापकोटा, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिव अनिता खड्का भट्टराई, व्यवसायी वलराम पहारी लगायतले भनाई राख्नुभएकाे थियाे । संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले धन्यवाद ज्ञापन गरे भने कार्यक्रमको संचालन महासचिव राजेन्द्र ढकालले गर्नुभएकाे थियाे ।


काठमाडौं

आइतवार, जेष्ठ ५, २०८२

१९.७१°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान