fbpx

जाम्बियाद्वारा मल उत्पादन बढाउन ३४ करोड अमेरिकी डलरको फस्फेट प्लान्टको शुरुवात

author

समाचारपाटी

२ महिना अगाडि

जाम्बियाले मल उत्पादन बढाउन ३४ करोड अमेरिकी डलरको फस्फेट प्लान्टको शुरुवात गरेको छ । लुसाका प्रान्तको जाम्बियाको चिलांगा जिल्लामा देशको फस्फेट स्रोतहरूलाई उच्च–मूल्यको औद्योगिक र कृषि उत्पादनहरूमा रूपान्तरण गर्ने प्लान्टको निर्माणको अवसरमा एक शिलान्यास समारोह आयोजना गरिएको थियो । एकीकृत फस्फेट उत्पादन प्लान्ट चीनको सिनो ग्रेट ग्रुप, यसको सहायक कम्पनी सिनो ग्रेट केमिकल कम्पनी लिमिटेड र जाम्बियाको वन्डरफुल ग्रुप अफ कम्पनीज लिमिटेड बीचको संयुक्त उद्यम हो । यो प्लान्ट वन्डरफुल ग्रुपद्वारा स्थापित १ हजार हेक्टर औद्योगिक पार्क भित्र अवस्थित हुनेछ । ३४ करोड अमेरिकी डलरको लगानीमा परियोजनाको पहिलो चरणले एक पटक पूरा भएपछि वार्षिक २ लाख ५० हजार टन फस्फोरिक एसिड, ७ लाख ५० हजार टन जिप्सम र ३ लाख टन अमोनियम फस्फेट उत्पादन गर्ने अपेक्षा गरिएको छ । निर्माण अवधिमा, परियोजनाले २ हजार कामदारहरूलाई रोजगारी दिनेछ । जसमा १ हजार ६ सय प्रत्यक्ष रोजगारी र प्लान्ट पूर्ण रूपमा सञ्चालनमा आएपछि १० हजार ५ सय अप्रत्यक्ष रोजगारी हुने अपेक्षा गरिएको छ । कम्पनीले पूर्वी जाम्बियामा फस्फेट रक खानी विकास गर्ने र दिगो बिजुली आपूर्ति सुनिश्चित गर्न ४० मेगावाटको पावर प्लान्ट निर्माण गर्ने योजना पनि बनाएको छ । 
सिन्ह्वा


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन