fbpx

फेदिखोला गाउँपालिकाले गर्याे‘उपाध्यक्षसँग सुत्केरी पोषण’ कार्यक्रम सञ्‍चालन

author

समाचारपाटी

५ महिना अगाडि

स्याङ्जा । फेदिखोला गाउँपालिकाले ‘उपाध्यक्षसँग सुत्केरी पोषण’ कार्यक्रम सञ्‍चालन गरेको छ। सुत्केरी आमा र नवजात शिशुको स्याहार, सुसार र सरसफाइप्रति लक्षित गर्दै सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।  

यसै वर्षको साउनदेखि यता सुत्केरी भएका आमा, शिशुका स्वास्थ्य र सरसफाइका अवस्थालाई ध्यान दिँदै सुत्केरीसँग भेटवार्तासहित पोषण झोला उपलब्ध गराउँदै आएको गाउँपालिकाका उपाध्यक्ष देउकुमारी गुरुङ्ले जानकारी दिनुभयाे।

स्वास्थ्यकर्मीसहित पोषण झोला लिएर उपाध्यक्ष गुरुङ सुत्केरी घरघरमा पग्ने गर्नुहुन्छ। यो क्रम जारी छ। चालु  वर्षभरि जारी रहने छ। उपाध्यक्षसँग सुत्केरी पोषण झोलामा ३ किलो चामल, २ किलो दाल, १ किलो चना, एक क्रेट (३० वटा) अण्डा, १ किलो स्याउ (फलफूल), एक प्याकेट आयोडिनयुक्त नुन, २ वटा साबुन, एक/एक वटा दाँत माझ्ने पेष्ट र ब्रस राखी कोसेली स्वरुप सुत्केरीलाई दिइने गरिएको छ।  

सुयोग्य, सक्षम र स्वस्थ्य नागरिक बनाउनु पालिकाको उद्देश्य अनुसार  अभियान सञ्चालन गरेको पालिकाले जनाएको छ। यसै,चालु आर्थिक वर्षदेखि सुरु सो कार्यक्रमका लागि गाउँपालिकाले ५ लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ।

सुत्केरीसँग प्रत्यक्ष भेटवार्ताले बच्चालाई दिइने नियमित खोप,आइरन चक्कीको उपयोग,आमा र बच्चाको तौल,थप आहारा, स्तनपान, स्वास्थ्य केन्द्रमा किन सुत्केरी गराउने, सरसफाइ, परिवार नियोजन र  स्वास्थ्य सम्बन्धी धेरै विषयमा जानकारी पाउनुका साथै सुझाव दिन सकिएको उपाध्यक्ष गुरुङ्ले भन्नुभयाे। 

पाँच वडा रहेको फेदिखोला गाउँपालिकाभित्रका सुत्केरीका घरघरमा पुगिरहँदा शिशुको ३५ दिनभित्र जन्मदर्ता गरेमा निःशुल्क हुने र दलित बालबालिकाले पाउने पोषणभत्ताका बारेमा समेत अभिभावकले पुन: जानकारी पाउने गरेका छन्।


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो