fbpx

‘शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन गरौं’

author

समाचारपाटी

२ महिना अगाडि

विद्यालय क्षेत्रको सुधारका लागि शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउँदै शिक्षक महासंघसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्नुपर्नेमा पूर्वशिक्षामन्त्रीहरुले जोड दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफलमा सहभागि हुँदै उहाँहरुले शिक्षा विधेयकलाई अगाडि बढाउनका लागि बाँकी रहेका विषयहरुलाई सुल्झाउनुपर्ने बताउनुभएको हो । छलफलमा पूर्वशिक्षामन्त्री तथा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शिक्षकहरुसँग विगतमा भएका सम्झौताहरु फेरि विवाद नआउने गरी समाधान गरेर अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले शिक्षक, विद्यालय कर्मचारी र बालविकास सहजकर्ताहरुसँग सेवा वृद्धिका लागि गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारले सम्झौता गर्ने तर अर्थ मन्त्रालयले बजेट व्यवस्थापन नगर्दा शिक्षकहरु बारम्बार सडकमा जानुपर्ने स्थिति रहेको उल्लेख गर्दै विधेयकमा यस विषयलाई कसरि समावेश गर्नेबारे छलफल हुनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आन्तरिक सुधारका कामहरु फेरि पनि अर्को पटकलाई पेण्डिङ राखेर विवाद नहुनेगरि हिजोको दिनमा शिक्षक महासंघसँग भएका सम्झौताहरु जसमा नेपाल सरकारले बसेर हस्ताक्षर गरेको छ । ति विवादहरु समाधान गर्नुपर्छ । विद्यालय व्यवस्थापन समिति र र अन्य संस्थाहरु भएका सम्झौताहरु उपलब्ध गराउनका लागि माननीय मन्त्रीज्युलाई अनुरोध गर्न चाहन्छु । विद्याालय सुधारिएन भनियो अनि दोष  २८ सालको ऐनलाई दिइएको कारणले गर्दाखेरि विधेयकलाई अगाडि बढाउनका लागि बाँकी रहेका विषयहरुलाई सुल्झाउनुपर्छ । अर्थ मन्त्रालयले पैसा छैन भन्ने सरकार तयार नुहने । अब इसिडीलाई के गर्ने हो ? उनीहरुलाई त्यही मूल्यमा पढाउ भन्दा सक्दैनन् । अब विधेयकमा के भनेर राख्ने हो टुंगो लगाउनुपर्यो । विद्यालय शिक्षकका बारेमा के गर्ने हो ? अर्थ मन्त्रालयले सिस्टममा नहुँदा बजेट व्यवस्थापन गर्न सकिँदैन भन्छ । अनी उनीहरु सडकमा जान्छन् । प्रधानाध्यापकको तलबको कुरा त अहिले गर्दिन । सेवा सुविधा उहिलेको छ । पिएचडी गरेको शिक्षकलाई कालिका माविमा पढाउन भनियो भने आउँदैन । यसमा चाहीँ सरकारले साँच्चै आँट गर्नुपर्छ । इडिसी, विद्यालय कर्मचारीका विषयहरु अल्झिए बसेका छन् । अब ऐन बन्दा यी विषयहरु सुल्झिनुपर्छ ।’


विद्यालयका प्रधानाध्यापकहरु लामो समयदेखि एउटै सेवा सुविधामा काम गरिरहेको उल्लेख गर्दै उहाँले यसमा पनि पुनःविचार गर्न जरुरी रहेको बताउनु भयो । पूर्वशिक्षामन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शिक्षाको सुधारका लागि १२ बुँदे सहमति आवश्यक भएको बताउनु भयो । उहाँले शान्ती प्रक्रियाका लागि राजनीतिक दलहरूबिच १२ बुँदे भएजस्तै शिक्षाको शिक्षाको सुधारका लागि सहमति गर्नुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले आफ्नो वाचापत्रमा शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्ने भनेपनि व्यवहारमा लागू नगरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जसरि शान्ती प्रक्रियाको लागि १२ बुँदे सहमति गरिएको थियो त्यसैगरी शिक्षा क्षेत्रको सुधारका लागि समझदारी गर्नुपर्ने देखिएको छ । बरु सबै पार्टीहरुसँग बसौं त्यो १२ बुदे सहमति गरौं । शिक्षा क्षेत्रमा यसरि काम गर्छौं, अब दायाँबायाँ  गर्दैनौं भनेर सहमति गरौं । हरेक राजनीतिक दलको बाचा पत्रमा गुणस्तरीय शिक्षा भन्ने शब्द त राखिएको रहेछ । नेपाली काँग्रेसले शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त गर्दै संघीय शिक्षा ऐन जारी गरिनेछ लेखिएको रहेछ । शिक्षा ऐनमा अहिले पनि उल्लेख गरिएको छ । कुनैपनि राजनीतिक दलले निशुल्क शिक्षामा इन्टरफेयर गरेको छैन ।’  


बैठकमा सहभागि अधिकांश सांसदहरुले शिक्षा क्षेत्रमा विद्यमान समस्याहरुको समाधान हुनेगरी विधेयक निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन