fbpx

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माको उम्मेदवारी

author

समाचारपाटी

१0 महिना अगाडि

पोखरा । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेशनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पुर्व उपाध्यक्ष हुनुहुन्छ ।

यहि फागुन १८ र १९ गते काठमाण्डौंमा आयोजना हुन लागेको महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेको शर्माले आफू निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेशनरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीहरुका बीचमा सौहार्द्र सम्बन्ध स्थापना गर्ने बताउनुभयाे ।

महासंघको पुर्व उपाध्यक्ष रहेका शर्मा स्थापनाकालदेखी नै महासंघमा सक्रिय रहेर महासंघको विधान मस्यौदा समितिको विभिन्न पदमा बसेर सफल कार्य सम्पादन गरेका थिए भने बिशेषगरी शर्माले पुस्तक तथा स्टेशनरी व्यवसायमा खुद्रा व्यवसाय गर्दे आएका व्यवसायीहरुको अधिकारको लागी विशेष आवाज उठाउदै आईरहेका छन् ।

शर्मालाई नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले सर्वसम्मत महासंघको केन्द्रीय अध्यक्षको रुपमा साझा उम्मेदवारको रुपमा अगाडी सारेको छ ।


काठमाडौं

बिहिबार, मंसिर २७, २०८१

७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई पोखरा लैजाँदा दुर्व्यवहार नभएको प्रहरीको दाबी

चीन भ्रमणले नेपालमा लगानीका सम्भावनालाई थप बलियो बनायो: अध्यक्ष...

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन