fbpx

पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरुको मनोबल घटायोः अध्यक्ष चन्द्रप्रसाद ढकाल

author

समाचारपाटी

२ हप्ता अगाडि

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार निर्माणमा बाधा पुर्याउने कुराले लगानीकर्ताहरुको मनोबल घटाएको बताउनुभएको छ ।


विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरिरहेका बेलामा आन्तरिक लगानीकर्ताहरुलाई लगानी गर्न र विकास निर्माणका काम गर्नबाट रोक्नु भनेको लगानीकर्ताहरुको मनोबल घटाउनुभएको हो । महोत्तरीमा न्युज एजेन्सी नेपालका संवाददतासँगको कुराकानीमा उहाँले पाथीभरा मन्दिरमा सहज दर्शनका लागि र पर्यटन प्रवद्र्धनका लागि बनाउन लागिएको पाथीभरा केबलकार निर्माणमा अवरोध सिर्जना गरेर विकास निर्माणका काममा बाधा पु¥याउनु गलत भएको बताउनु भयो । उहाँले यस्ता गतिविधिले स्वदेशमै रोजगारी सिर्जना हुने कुरामा पनि समस्या हुने जिकिर गर्नुभयो । उहाँले बालबालिका, वृद्धवृद्धालाई सहज पहुँचका साथ दर्शन गर्नका लागि बनाउन लागिएको केबलकारले जिल्लावासीलाई घरमै बसेर रोजगारी गर्नसक्ने अवस्था सिर्जना हुने बताउनु भयो । यस परियोजना कोशी प्रदेशकै लागि मेघा प्रोजेक्न बन्ने दाबी गर्नुभयो । उहाँले केही राजनीतिक दल व्यक्तिहरुले गर्दा केबलकार निर्माणमा बाधा पुर्याइरहेको बताउनु भयो । यस्ता गतिविधिले विदेशी र स्वदेशी लगानीकर्तालाई लगानी गर्न निरुत्साहित गरिरहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘हामी आफैँले सञ्चालन गरेको एउटा प्रोजेक्ट जस्तो पाथीभराकै कुरा गरौँ । जहाँ आम पब्लिकलाई सर्भिस दिने, एउटा बुढाबुढी, बच्चाहरुलाई ट्रान्सपोर्टको माध्यम बनाउने र टुरिजममा जान खोजेको पर्यटकलाई त्यहाँ पुग्नका लागि सहज वातावरण बाउने उद्देश्यले पाथीभरा केबलकार बनाउन लागिएको हो । त्यसलाई अलिकति पोल्टिकल हिसावमा र कहीँ कहीँ धार्मिक हिसावमा र कहीँ कहीँ फरक हिसावले पनि व्याख्या गरिएको छ । वास्तवमा यो एउटा ट्रन्सपोटेशनको एउटा माध्यमको रुमपा भएको चिजलाई विभिन्न बहानामा फरक हिसावले व्याख्या गरिएको छ । म एउटा म एउटा लगानीकर्ता र एउटा छाता संगठनको अध्यक्षको हिसावले पनि त्यो अलि दुःखद् हो । जहाँ रोजगारी सिर्जना गरिन्छ, जहाँ पूर्वाधार बनाइन्छ, जहाँ आम सर्वसाधारणलाई सुविधा दिइन्छ र पर्यटनको प्रवद्र्धन गरेर अघि बढाउने कुरालाई पनि गलत हिसावले व्याख्या गरेर राजनीतिक दल र धार्मिक रुपमा गरिएको छ । यो दुःखद् हो । आम सर्वसाधारणको फाइदाका लागि हामीले गरेका हौँ । त्यसको बिरोधमा लागिएको छ । ४५÷५० डिग्रिको तापक्रममा त्यो जिल्लाका मान्छेहरु विदेशमा काम गर्न बाध्य भएको अवस्था छ । त्यसै गरेर मान्छे चाहेर पनि जान नसकेको अवस्था छ । त्यो आयोजनाले कोशी प्रदेशको मात्र नभइ समग्रमा पर्यटनमा मेघा प्रोजेक्टको रुपमा आउन खोजिएको छ । यसले हामी लगानीकर्तालाई ल्याउन, विदेशी लगानी कर्तालाई आउन आग्रह गरिरहेका छाैँ भने आन्तरिक लगानीकर्ताले वैदेशिक रोजगारमा जान बाध्य नेपालीलाई रोक्नको लागि आम नेपालीलाई सर्भिस दिने हिसावले खोजिएको छ । त्यसको बिरोध गरिएको छ । यो चिन्ताको विषय हो । उहाँहरुलाई पछि गएर यो पछुतो हुनसक्छ ।’


पाथीभरामा केबलकार बनाउनुपर्ने माग स्थानीयहरुको छ । यसले तीर्थालु र भक्तजनहरुलाई  दर्शनका लागि सहज मार्ग हुनुका साथै स्थानीयहरुले रोजगारी पाउने अवसर दिनेछ । तीर्थालु र भक्तजनमात्रै नभई आम पर्यटक र सर्वसाधारणको सहजताका लागि केबलकार बन्नुपर्ने जिकिर स्थानीयको छ । केबलकार बन्दा कुनै धर्म संस्कृति विशेषलाई नभई सबै धर्म र संस्कृतिका आस्थावानलाई फाइदा हुने स्पष्ट छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

‘राजा महाराजालाई जनताले इतिहासको विषय बनाइसके’

विश्वविद्यालय क्याम्पसको ताला खोल्न नेविसंघ सहमत भएपछि निर्वाचन हुने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...