नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी घोषणा गर्नुभएको छ ।
महासंघको आगामी चैत २८ र २९ हुने साधारणसभा तथा निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदको लागि उम्मेवारी दिने घोषणा गर्नुभएको हो । उहाँले मुलुकभित्र नै व्यवसायिक वातावरण र लगानी सुरक्षाको वातावरण बनाउनको लागि आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको बताउनु भयो । उपाध्यक्ष श्रेष्ठले न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समय परिवर्तनशिल रहेकाले परिवर्तनशिल समयअनुकुल नीति निर्माण गर्नको लागि पनि आफ्नो उम्मेद्वारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नयाँ सोचका साथ व्यापार नीतिहरु ल्याउनुपर्छ र संसक्त संगठन बिस्तार गर्नुपर्छ । त्यस्तो संगठन बिस्तार गर्न आफ्नो अनुभवले संगठन बिस्तार गर्न भुमिका खेल्नसक्छु । त्यही अनुसार मैले नेतृत्वउन्मुख भएर आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने घोषणा गरेको छुृ । विभिन्न जिल्लामा भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको छु । २९ गते हुने निर्वाचनबाट व्यवसायीहरुले विश्वास गरेर अगाडि बढाउनु हुनेछ भन्ने विश्वासमा छु ।’
उहाँले चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक मुलुक भन्दा पनि बजारका रुपमा मात्रै विकास हुने बताउनु भयो । उहाँले अबको चुनौति भनेको नयाँ व्यापार नीतिहरु ल्याउनु र संसक्त संगठन बिस्तार गर्नुभएको बताउनु भयो । उहाँले संगठन विस्तार गर्न आफ्नो २० वर्षको अनुभवले सहज हुने दाबी गर्नुभयो । उहाँले पछिल्लो समय विभिन्न जिल्लामा उद्योग वाणिज्य संघको भ्रमण गरेर मेरो उम्मेद्वारीको कुरा राखेको र निर्वाचनमा सबैले आफूलाई मतदान गरी निर्वाचित गराउने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले उद्योगी व्यवसायीहरुले खोजेको भनेको व्यवसायिक वातावरण र लगानीको सुरक्षा हो । यी दुई वटा कुरा नै खोजेको हो । यो भन्दा बढी कुरा खोजेको छैन । यसलाई कसरी समय सन्र्दभमा प्रश्तुत गर्ने भन्नेकुरा हो । अबको युग परिवर्तन हुँदैछ । डिजिटल युगमा आएका छौं । नयाँ परिवर्तनशिल अवस्थामा व्यापार नयाँ ढङ्गमा ल्याउनुपर्ने छ । चीन र भारतको व्यापारमा जुन गतिमा विकास भएको छ त्यो गतिमा नेपाल जान सकेन भने उत्पादक बन्न नसकेर बजार मात्रै बन्छौं ।’
श्रेष्ठले पछिल्लो समय उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न नदिने बताउनु भयो । उहाँले पहुँच भएर पनि प्रभाव पुग्न नसकेको भन्दै नयाँ नेतृत्व चयन पश्चात प्रभाव पुर्याउनेगरी काम गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य महासंघले साना व्यवसायीहरुका मुद्दालाई उठाएन भन्ने आरोप लाग्न गरेको छ । हाम्रो पहुँच छ प्रभाव अलि पुगेन की भन्ने कुरामा महशुस गरेको छु । प्रभाव कसरी बढाउने भन्ने किसिममा नयाँ सोच बनाएर अगाडि बढाउँछौं । निर्वाचित भएमा अध्यक्षको साथ लिएर त्यस्ता कुराहरुलाई महासंघको प्रभाव बनाउन विशेष योजना बनाएर जानेछौं ।’
उहाँले महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव, ३० वर्षको व्यवसायिक अनुभव र महासंघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको र एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको अनुभव भएकाले वरिष्ठ उपाध्यक्षमा योग्य उम्मेद्वार आफू रहेको बताउनु भयो । उहाँले महासंघको विभिन्न उद्योग,राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेकाले त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको बताउनु भयो । उहाँले वरिष्ठ उपाध्यक्ष भएर काम गर्ने जिल्लादेखि केन्द्रसम्म टिम रहेको बताउनु भयो । उहाँले टिममा बसेर महासंघको भिजन पेपर अनुसार काम गर्नको लागि पनि वरिष्ठ उपाध्यक्षको उम्मेद्वारी दिने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘मेरो वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी उद्योग वाणिज्य महासंघसँग आवद्ध भएर काम गरेको २० वर्षको अनुभव छ । व्यवसायिक अनुभव ३० वर्ष पुगेको अवस्था छ । संघमा १५ वर्ष कार्यसमितिमा बसेर काम गरिसकेको छु । एक कार्यकाल पदाधिकारी भएर काम गरिसकेको छु । महासंघको विभिन्न उद्योग,राजश्व समिति र रोजगारदाता परिषद्मा बसेर काम गरेको छु । मलाई लाग्छ उद्योग वाणिज्य महासंघको सम्पूर्ण विधामा अनुभव बटुलेको छु । त्यो अनुभवलाई लिएर अगाडि बढ्ने सोच बनाएको हो । अनुभव एक्सपोजर लिएर अगाडि बढ्दा मसँग टिम छ ।
टिममा जिल्ला उद्योग वाणिज्य संघ,वस्तुगत,एशोसिएटका साथीहरु छन् । उनीहरु मेरो टिममा साथ दिएर अगाडि बढ्दै छन् । उहाँहरुले देखाएको क्षमतालाई लिएर अगाडि बढ्ने सोच लिएको छु । उद्योग वाणिज्य महासंघको भिजन पेपर छ । यो टिमलाई लिएर भिजनलाई अगाडि बढाउने क्षमता बोकेर म नेतृत्व उन्मुख भएर अगाडि बढ्ने सोचका साथ अगाडि आएको छु ।’
उहाँले पछिल्लो समय बैंकको ब्याजदरको कारण व्यवसायी मर्कामा रहेको भन्दै बैंकको ब्याजदर कम गर्ने विषयमा गम्भिर भएर लाग्ने बताउनु भयो । उहाँले बैंकको ब्याजदरको विषयमा बैंकहरुले व्यवसायीहरुको अवस्थालाई बुझ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले पछिल्लो समय अर्थतन्त्र संकटमा रहेको भन्दै बैंकको ब्याजदर व्यवसायीहरुले धान्न सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको आरोप लगानु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले पछिल्लो समय बजारमा तरलता लगायतको समस्या समान्य बन्दै जाँदा समेत ब्याजदर नघट्नेको अवस्थाले दूरी बढ्दै गएको बताउनु भयो ।
उहाँले भन्नु भयो,‘बैंकको ब्याजदरको विषयमा बैंकहरुले पनि बुझिदिनुपर्छ । व्यवसायीहरुको मर्का बैंकले बुझ्नुपर्छ । अहिले अर्थतन्त्र संकटका अवस्थामा छ । बजार सुनसान छ । उद्योगको उत्पादन घटेर ३० प्रतिशत रहेको छ । यो अवस्थामा जुन बैंकको ब्याजदर छ । व्यवसायीहरुले धान्न सक्ने अवस्था छैन । ब्याजदर बढाउने विषयमा बैंक आफैले गरेको पनि भन्दिन । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको व्यवस्थाका कारण बढेको हो । मौद्रिक नीतिमा समावेश गरेका नीतिहरुको कारणले ब्याजदर बढेको अवस्था छ । पछिल्लो समय बजारमा तरलता लगायतको समस्या समान्य बन्दै जाँदा समेत ब्याजदर नघट्नेको अवस्थाले दूरी बढ्दै गएको छ ।’
उहाँले ४ महिनामा नै ८ प्रतिशत रहेको ब्याज १६ प्रतिशत पुग्ने तर घट्ने बेलामा समय लाग्ने गरेको भन्दै बैंक र नियमक निकायले बुझ्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंक रहे मात्रै व्यवसाय र व्यवसाय रहे मात्रै बैंक बच्ने भएका भन्दै उद्योगी व्यवसायी र बैंक हातेमालो गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकसँग भन्दा पनि उधारो कारोबारको कारण उद्योगी व्यवसायीहरुबीच फाटो शुरु भएको बताउनु भयो । उहाँले आगामी दिनमा महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएमा त्यो सम्बन्धलाई सुधार गर्न आवश्यक पहल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘४ महिनामा नै ८ प्रतिशत रहेको ब्याज १६ प्रतिशत पुग्यो तर घट्ने बेलामा समय लागेको छ । यस्तो कुरामा बैंक र नियमक निकायले बुझ्नुपर्छ । व्यवासयीहरुले धान्नसक्ने अवस्था छैन । बैंकहरुमा खराब कर्जा बढ्दै गएको छ । भोलि व्यवसाय रहे मात्रै बैंक रहन्छ । व्यवसायीहरुले बैंकहरुसँग हातेमालो गर्नुपर्छ । बैंक र व्यवसायीहरुको बैमनासायताको कुरा मात्रै छैन । यहाँ व्यवसायी व्यवसायीबीचको वैमनासायताको कुरा आइरहेको छ । व्यवसायीहरुले बजारमा उधारो दिएका छौं । उधारो उठेको छैन । व्यवसायीले व्यवसायीलाई थुनाउने काम पनि भएको छ । अर्को व्यवसायीक रुपमा भएको सद्भाव खलल हुने अवस्था छ । त्यस कारण सरकारले तत्काल बैंकको ब्याजदर घटाउने कुरामा सोच्नुपर्छ ।’
उपाध्यक्ष श्रेष्ठले साना घरेलु तथा मझौला उद्योग मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकाले महासंघले प्रमुख प्राथमिकतामा राखेर मुद्दाहरु उठाई रहेको बताउनु भयो । उहाँले अब नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानु आवश्यक पहल गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘उद्योग वाणिज्य महासंघले साना घरेलु तथा मझौला उद्योगको विषयमा आवाज उठाई रहेको छ । उठाएको छैन भन्ने विषयमा म सहमत छैन । हामीले देशको अर्थतन्त्रको मेरुदण्ड भनेको नै साना घरेलु तथा मझौला उद्योगहरु हो । एशियन प्यासेफिकमा समेत साना घरेलु तथा मझौला उद्योगको ४० प्रतिशत योगदान छ । युरोपका देशहरुमा ६० प्रतिशत छ । नेपालमा २२ प्रतिशत छ । सरकारलाई बारम्बार भनिरहेका छौं साना घरेलु तथा मझौला उद्योगलाई प्राथमिकता दिएर उत्पादन वृद्धि र अवसर बढाउनु पर्यो । कोभिडको बेलमा रिफाइनान्सिङ साना घरेलु तथा मझौला उद्योगले पाउनुपर्छ भनेका थियौं । यसलाई हेर्न छुट्टै डेक्स हुनुपर्छ भनेर माग गरौं । ठूला व्यवसायीहरुले ठूला उद्योग गर्छन् तर बजारिकण गर्दा साना घरेलु तथा मझौला उद्योग नै हुन्छन् । साना उद्योग मारमा पर्दा ठूला उद्योग आफैँ मारमा पर्छन । त्यसैले साना उद्योगलाई मर्न दिनुहुँदैन भनेर राम्रोसँग बुझेका छौं । आगामी दिनमा साना घरेलु तथा मझौला उद्योगलाई सशक्त बनाउनुपर्छ । नेपालको अर्थतन्त्रमा साना घरेलु तथा मझौला उद्योगको २२ प्रतिशतको योगदानलाई बढाएर लैजानुपर्छ ।’ उहाँले महासंघले कोभिड पछाडि साना घरेलु तथा मझौला उद्योगको समस्यालाई प्राथमिकताको साथ साधान गर्न सरकारसँग माग गर्दै आएको बताउनु भयो ।
newsagencynepal